बाइबल प्रश्न उत्तर

यो पुस्तिकाको बारेमा एउटा चेतावनी

क) बाइबल

ख) परमेश्वर

ग) मानिस

घ) नरक

ङ) प्रभू येशू ख्रीष्ट – मूक्तिदाता

च) येशू ख्र्र्रीष्ट – उहांको पुनरुत्थान

छ) येशू खीष्ट – उहांको मृत्यू

ज) येशू खीष्ट –उहांको पूर्नआगमन

झ) येशू खीष्ट –भविष्यको राजा

ञ) परमेश्वरको राज्य

ट) सूसमाचार र प्रतिज्ञाहरु

ठ) पूनरुत्थान न्याय र अनन्त जीवन

ड) पवित्र आत्मा

ढ) स्वर्गदूत

ण) पाप, शैतान र दीयाबलस

त) भूत्आत्मा र अशूद्ध आत्मा

थ) अनन्त जीवनको बाटो

द) बप्तीष्मा

ध) खीष्टय जीवन

 

यो पूस्तिकाको बारेमा

एउटा सांचो ख्रीष्टीयान र विश्वासी हुनका निम्ती ख्रीष्टमा  पूरा विश्वास गर्नू र बप्तीष्मा लीनू अनिवार्य हुन्छ । ( गलाति ३:२५) हेनुहोस ।

वप्तिष्माको अधार भनेकै व्यक्तिगत पश्चाताप र परमेश्वर र उहांको पूत्र ख्रीष्टमाथि राखिएको विश्वास  हो ।

तर हामीले बप्तिष्मा लिनु पूर्व बाइबल बुझ्न अनी यसका शिक्षाहरुमा विश्वास गर्नू जरुरी हुन्छ । ( प्रेरित ८:१२) हेर्नुहोस ) । यो सानो पूस्तकले यसो गर्न यहाँलाई मद्दत गर्नेछ ।

हरेक खण्डमा एक वा सो भन्दा बढि संख्यामा प्रश्नहरु छन र हरेक प्रश्नहरुमा(  , , ग ) जस्ता व्यन्जनहरु गरि उत्तर पनि दिइएका छन । सबै उत्तरहरु सजिला र बुझ्न सकिने गरि लेखिएका छन तर बिद्दार्थिहरुले सो भन्दा पनि बढि बुझेर उत्तर दिदां असल ठहर हुनेछ ।

यो पस्तकलाई कसरी प्रयोग गर्ने ?

हतार नर्गनुहोस

हतार गरी बाइबल अध्ययन गर्ने कोशिस नर्गनुहोस । 

अधिकांश मानिसहरुले बाइबल बुझ्नु पूर्व एक वा दुई वर्ष पढ्नु अनिवार्य हुन्छ ताकी वचन रामे्रा गरि बुझ्न र सिक्न सकीयोस, जसले उनीहरुलाई जीवन भरीनै फाइदा हुनेछ र सिक्न सकियोस जसले उनीहरुलाई जीवन भरीनै फाईदा पुग्नेछ । यदि तपाईले धेरै वर्ष बाईबल अध्ययन गर्नुभएको छ भने यस पुस्तिकलाई केहि महिना भरिमै बुभ्mन र सीक्न सक्नुहुनेछ ।

प्रयास गर्नुहोस

बाईबल अध्ययन गर्दा मेहनत र प्रयास गर्नुहोस यो मेहनेत योग्य हुनेछ कारण अनन्त जीवन तपाई हाम्रो सौभाग्य र इनाम हो । केहि विषेश गर्न नसके पनी दिनको आधा घण्टा समय दैनिक बचन अध्ययनमा समर्पित गर्नुहोस र जे कुरा पढ्नु भएको छ त्यसलाई स्मरण गर्ने र सोच्ने प्रयास गर्नु्होस

 

 

एक पटकमा एउटै प्रश्नलाइ मात्र विचार गर्नुहोस

पहिला प्रश्न र उत्तरलाइ पढ्नुहोस । त्यसपछि कोठा भित्र दिइएको बाइवलको पदलाइ खोज्नुहोस र बचनको खण्ड पढ्नुहोस । यदि ती वचनहरुलाई राम्रोसंग बुभ्mनु भयो भने आर्काे तर्फ अघि बढ्नुहोस ।

बुभन नसकिएमा सोध्नुहोस

मानौं तपाइले बाइबल पढ्नु तर बुभ्mन सक्नुभएन अथवा उत्तर संग सहमत हुनुभएन यस अवस्थामा कृपया क्रिष्टडेलफियन मण्डलीकै शिक्षित दाजुभाई दिदि बहिनीसंग परामर्श लिनुहोस । उहाँहरुले तपाईलाई  मद्दत गर्न सधैं तत्पर रहनुहुनेछ ।

साथिसंग अध्ययन गर्नुहोस

यो पुस्तक अध्ययन गर्दै जाँदा तपाइले दैनिक एक वा एक भन्दा बढी अध्याय बाईबलबाट नीयमित अध्ययन गर्नुहोस । यो सहयोग हाम्रो क्रिष्टडेलफियन मण्डिलीमा उपलब्ध छ । यसको सहयोगले तपाइले बर्षमा पुरानो नियम एक चोटि र नयाँ नियम दुई चोटि अध्ययन गर्न सक्नुहुनेछ ।

एउटा चेतावनी

तपाईलाइ अचम्म लाग्न सक्छ कि यस पुस्तकका सवै प्रश्न र उत्तरहरु म कसरी कण्ठस्थ गर्न सक्छु । यो अनिवार्य पनि छैन र हामीले यसमा जोड दिइका पनि छैनौं । बाइबलका शिक्षाहरुलाइ हामीलाई ठीक जानकारी, सहि हिसाबले लिनुपर्छ र यो महत्वपूर्ण पूर्ण छ । यो पूस्तकका कुरा हुबहु दिमागमा राख्नु राख्नुपर्छ भन्ने जरुरी छैन ।

तर यदि तपाईलाई यी पुस्तकमा भएका प्रश्न र उत्तरहरु हृदय देखिनै कण्ठस्थ गर्न मन लागेमा तपाईको इच्छाको कुरा हो । तर तपाईले पढ्नुभएको कुरा, बभ्mनु  र विश्वास गर्नु आवश्यक छ । नबुझेका कुरा दोहे्राउँदै गल्ती दोहोर्याइरहने मानिस वा भिंड होइन तर केवल परमेश्वरले आप्mना सन्तान र विश्वासी खोज्नुहुन्छ ।

प्रेरितहरुका दिन र समयमा विश्वासीहरुको लागी यो साधारण कुरा थियो  ”थोरै साक्षीहरुमा माझमा असल गवाही प्रस्तुत गर” (१ तिमोथि ६:१२) । त्यसकारण बप्तिष्मा लिनु अघि तपाईले यस पूस्तकमा लेखिएका केहि प्रश्नहरु बुभ्mन सक्नुहुन छैन तर गहिरो अध्ययन पश्चात सो बझेर तपाईले यो निश्चय गर्नुहुनेछ की साच्चै तपाइ बाइबलका शिक्षाहरु माथि विश्वास गर्नुहुनेछ की साच्चै तपाई बाइबलका शिक्षााहरु माथि विश्वास गर्नुहुनेछ र तिनका आज्ञाहरु पालन गर्नुहुनेछ ।

त्यसकारण यस पुस्तकका प्रश्न र उत्तरहरु कण्ठ गर्ने मात्र होइन राम्रो सँग बुझेर मात्रै प्रश्नहरुका उत्तर दिन सक्नुहुनेछ । त्यसका अर्थहरु पनि बुभ्mन सक्नुहुनेछ । त्यसकारण यहाँहरुलाई हाम्रो सुझाब यो छ की उत्तरले स्पष्टसँग के बताउन खोजेको हो नबुझी अर्को प्रश्न तीर नर्सनुहोस ।

१.१)   बाइबल

      बाइबल किन विषेश पूस्तक हो ?

      क. यो मात्र यस्तो पुस्तक हो जस्ले परमेश्वरको साँचो ज्ञान र रहस्य प्रस्तुत गर्छ साथै प्रभू येशू    ख्रीष्ट र उहाँ दिनुभएको मुक्तिको बारेमा पनि बताउँछ । ( हेर्नुहोस हिब्रु १:१२, भजनसँग्रह     १३:, २ तिमोथि ३:१६,भजनसँग्रह११९:१६०)।

      ख)यो ती मानिसहरुले लेखेको पुस्तक हो जसले परमेश्वरको पवित्र आत्माले प्रेरणा  मिलेको थियो । ( हेर्नूहोस पत्रुस १:२१, पत्रुस १:११, हिब्रु १:–२)।

      ग. यस पुस्तकका बचन र शिक्षालाई विश्वास गर्न र पालन गर्नेलाइ यसले अनन्त जीवनको प्रतिज्ञा गर्दछ ( हेर्नुहोस यहून्ना १७:, रोमी २:,२पत्रुश १:११)

१.२)   कसरी बाइबलका सन्देशहरुलाई बुभ्mन विश्वास गर्न हामीले दैनिक बाइबल अध्ययन गर्नुपर्छ र प्रार्थनाद्वारा परमेश्वरको अगुवाई र आशिष माग्नुपर्छ र प्रार्थनाद्वारा परमेश्वरको अगुवाई र आशिष माग्नुपर्छ (हेनुहोस तिमोथि ४:१३, भजनसँग्रह ११९:१०३–१०५, यर्मिया     १५:१५,   यर्मिया ९:२४)

      ख. बाइबल स्वयं आफैमा एक असल अनूवादक हो । बाइबलको एक खण्डले अर्को खण्डलाई बुभ्न सहयता गर्छ ।  हेनूहोस लूका २४:२५–२७, १कोरन्थी २:१३) ।

२ परमेश्वर

२.१ बाइबलले परमेश्वरको बारेमा के सिकाउँछ ?

      क.    उहाँ एक मात्र साँचो परमेश्वर  हुनुहुन्छ ( हेनुहोस यशैया ४४:, यशैया ४५:, प्रश्थान

            २०:, एफिसी ४:६)।

      ख.    परमेश्वर आत्मा हुनुहुन्छ ( हेनुहोस यहुन्ना ४:२४)।

      ग.    सम्पूर्ण सृष्टिका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ । (उत्पत्ति १:, यशैया ४५:१८) ।

      घ.    सम्पूर्ण       सृष्टि र ब्रम्हाणडका नियन्त्रक परमेश्वर हुनुहुन्छ । परमेश्वरले सबै कुरा                       जान्नुहुन्छ, हाम्रो सोचाइ पनि, हेर्नुहोस यशैया ४५:,भजनसंग्रह १३९:–१२)।

      ङ.    परमेश्वर एक हुनुहुन्छ, त्रिएक परमेश्वर होइन ( हेर्नुुस व्यवस्था ६:, १ कोरन्थी ८:,                                    मलाकि :२०, मर्कूस१२:२९)।

      च.    परमेश्वर साँचो र पवित्र हुनुहुन्छ । (प्रश्थान १५:११, यशैया ६:, भजनसंग्रह १९:९)।

      छ.    परमेश्वर दयालु र अनुग्रही हुनुहुन्छ । ( हेर्नुहोस प्रश्थान १५:११, यशैया ६:,

भजनसंग्रह १९:

      ज.    परमेश्वर न्यायी हुनुहुन्छ र उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ ।

(हेर्नहोस व्यवस्था ३२:, भजनसंग्रह १४५:२०, रोमी १:१८)

                झ.    परमेश्वरको मानव र पृथ्विीको निम्ती एक असल योजना छ । (हेर्नुहोस गन्ति १४:२१,                                                 यशैया ४५:१८,प्रकाश २१:–४)।

              ञ.    परमेश्वर प्रभू येशू ख्रीष्टका पिता हुनुहुन्छ (हेर्नहोस मत्ति ३:१७, लुका १:३१–३५, हिब्रु                :–, १ पत्रस १:३)

३ मानिस

३.१    मानिस कसरी बनीयो ?

मानिस परमेश्वरको स्वरुपमा सृष्टि गरिएको थियो । पहिलो मानिसलाई परमेश्वरले भुमीको माटोबाट रचना गर्नुभयो । परमेश्वरले उसको नाकमा जीवनको श्वास फुकीदीनुभयो र उ जीवीत प्राणी भयो । ( हेर्नुहोस उत्पत्ति १ः२७, उत्पत्ति २ः७)

३.२    के बाइबलले मानिस पशुबाट बिकाश भएको हो भन्ने तर्क र भनाइलाई सर्मथन गर्छ ?

      बाइबलले यो भनाईलाई इन्कार गर्छ र परमेश्वरले नै पहिलो मानिस आदम  र स्त्री जो हव्वा

थिइन तिनलाई सृष्टि गरिएको हो भन्ने प्रकाश पार्दछ र सम्सत मानव जातिहरुको जन्म         तिनीहरुबाट भएको हो भन्ने बताउँछ । ( हेर्नुहोस उत्पत्ति३ः२०, मत्ति १९ः४, रोमी ५ः१२) ।

 

३.३    बाइबलले सबै मानिस मर्नैपर्छ भन्ने तथ्यलाई कसरी प्रकाश पार्दछ ?

आदम परमेश्वरको विरुद्ध बागी भए । उसको दण्ड स्वरुप अब उप्रान्त तिनको मृत्यु हुन्छ भन्ने परमेश्वरले ठहयार्नुभयो । यो मृत्युको श्राप आदमबाट हामीमा सरेर आयो किनकि आदमका सन्तान हौं र प्राकृतिक रुपले हामी परमेश्वरको बिरुद्धमा छौं । ( हेर्नुहोस उत्पत्ति ३:–१९, रोमी ३:–१९, रोमी ३:–१०, यर्मिया १७:, मर्कुस ७:२१–२३, रोमी ५:१२) ।

३.४    पाप के हो ?

हरेक चोटि जब हामी परमेश्वरको एउटा आञा उल्लंघन गर्छौ तब पाप गर्छौ । कुनै कुराको          हामीलाइ ज्ञान नभइ पनि हामी धेरै काम विगार्छौ जुन परमेश्वरलाई मन नपर्ने हुन्छ र त्यो परमेश्वरमा पाप ठहरिन्छ । ( हेर्नुहोस यहुन्ना ३:, लेवी४:२१)।

३.५    किन मानिस मर्दछ ?

हामीले मृत्यु पापको नतिजा र ज्याला स्वरुप पाएका हौं (उत्पत्ति २:११, रोमी ६:२३, इजिकियल        १८:४ )।

३.६        मानिस मरे पछि के हुन्छ ?

क. मानिस मरेपछि उसको संसारिक जीवन समाप्त हुन्छ । मरेका मानिसहरु सोच्न सक्दैनन, उनीहरुको कुनै क्रियाकलाप गतिविधि हुँदैनन नता उनीहरुले केहि महशुश गर्न सक्छन । (हेर्नुहोस भजनसंग्रह ६:, भजनसँग्रह ४९:१२, १४,२०, भजनसंग्रह १४६:–, उपदेशक ९:–,        यूहन्ना ११:११–१४) ।

३.७ के मानिस मरेपछि उसको आत्मा जीवीत रहन्छ ?

क. मर्ने वित्तिकै बाइबले  “अनंन्त आत्मा” को बारेमा केहि बताउँदैन । यसले आत्मा भन्ने शब्दले कुनै पनि जीवीत –जीवात जस्तै मानिस जनावर चराचुरुङ्गी, माछा र किरा फट्याङ्गरा हुन भन्ने जनाउँछ । बाइबलले आत्मा मर्नेछ र मर्छ भन्ने सिकाउँछ । उत्पत्ति १:२१, :२४, मा भनिएको “जीवित आत्मालाई ” (उत्पत्ति २:)ले जनाउँछ । यहि शब्दलाई गन्ति ६:, मा प्रयोग गरिएको छ जहाँ “मृत मानिस”लाई “मृत आत्मा” भनि बाइबलको शुरुमा लेखिएको छ । ( हेर्नुस गन्ति ३१:२८, इजिकियल १८:,२०, भजनसंग्रह ८९:४८)

३.८        के मृत्युपछि जीवन छ भन्ने आशा हामीलाई छ कि छैन ?

छ, तर यशूमा मात्र । उहाँले पाप र मृत्य दुबैमा विजयी प्राप्त गर्नुभयो ।उहाँ जब पृथ्वीमा फर्केर अ।उनुहुनेछ, तब उहाँले मरेकाहरूलाइ उठाउनुहुनेछ र तिनीहरूमाथि इन्साफ गर्नुहुनेछ । जेा उहाँकेा राज्यमा विश्वासयेाग्य ठहरिनेछन् तिनीहरूले अन्नंत जीवनकेा पाएर अ।शिषित हुनेछन् ( तिमेाथि १:१०, केारन्थी १५:२१ –२३), दानियल १२:२१–२३, दानियल १२:–, यहुन्ना ५:२८–२९, मत्ति २५:३१–३४).  १२ औं अनुछेदमा यसबारेमा अझ बडि जानकारी प्राप्त गर्नुहुनेछ ।

४.     नर्क

४.१    नर्क के हो ?

नयां नियमको सक्क्ली अंग्रजी शब्द अनुरुप नरकलाइ दुइवटा शब्द  “ हेड्स र गेहेन्ना ” द्वारा जानाइएको छ । अंग्रजी बाइबलमा भन्दा एसियन बाइबलहरुमा अझ राम्ररी यो शब्दको अनुवाद भएको छ । यी दुइ “ नरक ” शब्द फरक फरक समयमा समयमा प्रयोग गरिएका छन् । हेड्स यशूको आगमन नहोउनजेलसम्म मात्र रहनेछ । गेहेन्ना चाहिं यशूको आगमन पछिमात्र हुनेछ – हेड्सलाई प्रकाश १८ र गेहेन्ना शब्दलाई लूका १२:५ संग तुलना गर्नुहोस । 

४.२    हेड्स के हो ?

धेरै खण्डहरुमा जहाँ अंग्रेजीमा नरक शब्द आउँछ त्यहाँ सक्कली हेड्स शब्दको प्रयोग गरिएको छ जस्को अर्को शब्द चीहान हो । यसले पूरानो नीयममा चीहानको अर्थ दिने शब्दले शीयोल शब्दलाई नयां नीयममा जनाउँदछ । हेडस वा शीयोल, चीहानमा कुनै प्रकारको क्रीयाकलाप वा ज्ञान रहंदैन ।

४.३   हेडसमा को जान्छ ?

पूर्नरुत्थानको समय नआउन्जेल असल र खराब दुबै सुतिरह्नछन् । जब यशू गाडीनुभयो उहाँ चीहान “ हेड्स ” हुनुहुनथ्यो र जब उहाँ मृत्यूबाट बौरी उठ्नुभयो उहाँ चीहानबाट – हेड्सबाट बाहिर आउनु भयो । – ( प्ररित २:२७ –३१ ) ।

४.४    “नरकको आगो” भनेको के हो ?

नयाँ नीयम शूरुमा ग्रीक भाषामा लेखीएको थीयो र “ नरकको आगो ” “ गेहेन्नाको आगो ” जुन ग्रीक शब्द यशूले प्रयोग गर्नुभएको थियो – ( हेर्नहोस मत्ति १०:२८, याकुब ३:६)

 

४.५    गेहन्ना के हो ?

यो पृथ्वीमा रहेको कुनै ठाउँको नाम हो । हिनोन वा गहेन्ना उपत्यका यरुशलेमको दक्षिण–पश्चिम पट्टी साच्चीकै रहेको ठाउँ हो । पूरानो नीयममा इस्रायलीहरुले आप्mना छोरा छोरीहरुलाई त्यहि आगोमा बलिदान चढाउँथे । – ( यर्मिया ३२:३५ ) । पछिल्ला समयहरुमा यरुशलेमका मानिसहरुले यहां फोहोरलाई आगोले जलाएर नष्ट गर्ने गर्थे जस्को आगो कहिल्यै निभ्दैनथ्यो । जसरी त्यस गहेन्नाको आगोले यरुशललेमको फोहोरलाई पूर्ण रुपमा नष्ट गर्थ्यो त्यसरीनै दुष्टहरुलाई नष्ट गर्ने अ।गोको सम्बधमा पनि यही शब्दको प्रयोग गरिएको छ । जब यशूले गहेन्ना शब्दको प्रयोग गर्नुभयो, तब उहाँ उखानमा बोल्दैहुनथ्यो तर नयाँ नीयममा बताइएको अनत्यको दिनमा हुने न्यायको आगो यस गेहेन्ना उपत्यकामै नहोला भनेर भन्न सकिन्न । – यशैया ६६: २४ बाट मर्कुस ९:४४,४६,४८ , २ थेस्लोनिकी १:–९ लाइ लीइएको छ ।

५. यशू ख्रीष्ट – मूत्तीदाता

५.१    यशू को हुनुहुन्छ ?

क.    यशु ख्रष्ट परमेश्वरको एक मात्रै पूत्र हुनुहुन्छ । उहाँको कुनै मानबिय पिता हुनुहुन्नथ्यो, उहाँ पवित्र आत्माद्धारा कन्या जो उहाँको आमा हुनुहुन्थयो उहाँमा ( परमेश्वरको शक्तिद्धारा) आश्चार्य कर्मद्धारा उहाँको कोखबाट जन्मनु भयो । ( लूका १:३२,३५ , मत्ति ३:१७, यहुन्ना १:४९, यहुन्ना ११:३५, यहुन्ना १९:३३ ) ।

 

क.         , तर येशू ख्रीष्टमा मात्रै । उहाँको मृत्यु र पाप माथि विजयी पाउनुभयो । पूर्नरुत्थानमा मृतकहरु चीहान देखि ब्युत्नेछन् र न्यायमा पर्नेछन । न्यायमा जो उहाँमा विश्वासयोग्य भेट्टाइनेछन् तिनीहरुलाई उहाँको राज्यमा उहाँले अनंन्त जीवनको आशिष दिनुहुनेछ । ( हेर्नुहोस २ तिमोथि १:१०, कोरन्थी १५:२१–३४) 

५(२)   परमेश्वरका पुत्र प्रभु येशु ख्रिष्टको कार्य के थियो ?

क.         उहाँको पिता, शक्तिशालि परमेश्वरलाई चिनाउन ताकि संसारका मानिसहरुले परमेश्वरको      बारेमा       समझशक्ति प्राप्त गर्न सकुन् (हेर्नुस युहन्ना १:,, यूहन्ना १२:४५) यूहन्ना १४:,यूहन्ना १७:,२६)।

ख.    परमेश्वरका महिमामय चरित्र र आचरण प्रवर्धन गर्न जुन हो –पवित्रता, धार्मिकता र प्रेम (   यूहन्ना १:१४–४१, रोमी ३: २४–२६)

ग.    संसारका मानिसहरुलाई ख्रिष्टियन सेवकाई र आज्ञाकारिताको साँचो अर्थ र नमूना  देखाउन ।             ( हेर्नुस् लूका २२:४२, यूहन्ना ५:३०)

घ.    सुसमाचार प्रचार गर्न (हेर्नुस् लूका ४:१८,९ यूहन्ना ८:२९, , 0:१)

ङ.    हाम्रो निमित्त मर्न (हेर्नुस् यूहन्ना १०:११,१५, प्रेरित २:२३)

च.    हामीलाई परमेश्वरमा ल्याउन (हेर्नुस् एफिसि २:१६, रोमी ५:१९, यूहन्ना १४:६)

५ (३)  प्रभु येशुले हामीलाई परमेश्वरमा कसरि ल्याउन सक्नुहुन्छ ?

क.    हामी त्यस्ता छोराछोरीहरु जस्ता छौं जो आफ्ना बाबुको घरबाट भागेर हिंडेका छन् । हाम्रा   पापका कारण हामी परमेश्वर देखि अलग भएका छौं । तर प्रभु येशुले आफ्नो सिद्ध जिवन र    उहाँको मृत्युद्वारा हामीलाई परमेश्वरको समक्ष ल्याउन सक्नु हुन्छ । किनकी उहाँ कन्या     मरियमद्वारा जन्मनु भयो । यसैकारण उहाँ मानिस हुनुहुन्थ्यो । तर उहाँ पवित्र आत्माको      शक्तिद्वारा जन्मनु भएको कारणले परमेश्वरका पुत्र पनि हुनुहुन्छ । (हेर्नुस् हिब्रु २:१४) हिब्रु   :१७–१८

ख.    त्यसकारण उहाँ हाम्रा निम्ति परमेश्वरको नेतृत्व गर्नुहुन्छ । बाईबलले उहाँलाई मध्यस्थकर्ता भनेर सम्बोधन गर्छ । जसले परमेश्वर र मानिस बिच एउटा पुल जस्तो भएर काम गर्नुहुन्छ ।   मानिस भएको कारणले हाम्रा प्रभु हामी जस्तै परिक्षित हुनुभयो, तर हामी जस्तो होइन उहाँले पापलाई सधैं जित्नुभयो र विजय प्राप्त गर्नुभयो । उहाँले सवै कुरामा परमेश्वरको ईच्छालाई मान्नु भयो र पूरा गर्नुभयो, विशेष गरि क्रुसको कठोर मृत्यु सहनु भयो र मर्नुभयो र हाम्रा       पापको निम्ति बलिदान हुनुभयो (हेर्सुस् १ तिमोथि २:,) हिब्रु ४:१५–१६

ग.    जव हामी साँचो गरी प्रभु येशुका कामहरु माथि विश्वास गर्छौं र वप्तिष्माद्वारा त्यो प्रकट गर्छौं     (खण्ड १८ हेर्नुस्), परमेश्वरले हाम्रा पाप क्षमा गर्नुहुन्छ र हामीलाई आफ्ना छोराछोरीहरु भनि     स्विकार्नु हुन्छ । (२ कोरिन्थि ५:२१, रोमी ८:–

६.     येशु ख्रिष्ट– उहाँको पुनरुत्थान

६ (१)  प्रभु येशु ख्रिष्ट भुर्नु भए पश्चात, उहाँलाई के भयो ?      

क.    उहाँ गाडिनु भयो तर तेस्रो दिनमा परमेश्वरले उहाँलाई मुर्दाबाट जिबित पार्नुभयो ताकि सदाकालको निम्ति जिउन सक्नु भयएको होस् अथवा अनन्त जिवन प्राप्त गर्नुभयो (हेर्नुस्       मत्ती      २७:५७–६०, मत्ती २८: –, लूका २४:३९, प्रेरित २:३०–३२, :१५, :१०, प्रेरित ५:३०–३१, रोमी १:, १ कोरिन्थि १५: ,४ र २०, प्रकाश १:१८

६ (२)  यो किन भयो ?

क.    किनकी उहाँ पापरहित हुनुहुन्थ्यो, उहाँले मृत्यु कमाउनु भएन “पापको ज्याला” यसरि बाईबलले भन्दछ । त्यसैले परमेश्वरले उहाँलाई मृत्युबाट उठाउनु भयो (हेर्नुस् रोमी ६:२३, प्रेरित २:२४,            किलिप्पि २:

ख.    प्रभु येशु ख्रिष्टलाई मृत्युबाट बौरी उठाएर परमेश्वरले सवैलाई यो देखाउनु भयो कि जसले साँचो तरिकाले प्रभु येशुलाई पछ्याउछन् परमेश्वरले तिनीहरुलाई ईनाम दिनुहुनेछ । यदि हामीले प्रभु येशु ख्रिष्टमाथि विश्वास गयौं भने अनि यदि पूरा मनले उहाँका आज्ञाहरु मानेर उहाँलाई नै पछ्यायौं भने हामी पनि अन्त्यका दिनमा मृत्युवाट जिवित पारिन्छौं (खण्ड १२ लाई हेर्नुस्) हेर्नुस् १ कोरिन्थी १५:२१–२३, २ कोरिन्थी ४:१४)

७.          येशु ख्रिष्ट–उहाँको स्वर्गारोहण

७ (१)  प्रभु येशु किन स्वर्ग चढ्नुभयो ?

क.           उहाँको मृत्यु र पुनरुत्थानको चालिस दिनपछि, प्रभु येशुख्रिष्ट परमेश्वरको उपस्थिति समक्ष   अगि स्वर्गमा उचालिनु भयो । परमेश्वरले उहाँलाई अरु कुनै पनि मानिसहरु भन्दा धेरै महान      बनाउनुभयो, स्वर्गदूतहरु भन्दा पनि महान बनाउनु भयो जो सिङ्गो ब्रम्हाण्डका दोस्रो शक्तिशाली हनुभयो र परमेश्वर भन्दा दोस्रो दर्जा मुनि रहनु भयो । (हेर्नुस् हिब्रु १:–, फिलिप्पि २:–१०,     प्रकाश ५:१२–१३)    

ख.    प्रभु येशु ख्रिष्ट अहिले परमेश्वरका साँचो पूजाहारी हुनुहुन्छ) र उहाँकै तर्पmबाट हाम्रा निम्ति र      प्रार्थनाहरु परमेश्वर समक्ष पुग्दछन् । हाम्रा निम्ति उहाँ परमेश्वरसँग प्रार्थना गर्नुहुन्छ । (हेर्नुस् रोमी ८:३४, हिब्रु ४:१४–१५, हिब्रु ७:२४–२७)

८.     येशु ख्रिष्ट – उहाँका पृथ्विमा पुर्नगमन

८ (१)  हामीलाई कसरी थाहा हुन्छ कि प्रभु येशु ख्रिष्ट फेरि यस पृथ्विमा आउनुहुनेछ

क.    परमेश्वरले पुरानो नियममा प्रतिज्ञा गर्नु भयो (हेर्नुस् भजनसंग्रह ११०:–, दानियल ७:१३–१४)

ख.    प्रभु येशु ख्रिष्टले आफ्ना चेलाहरुलाई प्रतिज्ञा गर्नुभयो कि उहाँ आउँदै हुनुहुन्छ । (हेर्नुस् मत्ति १६:२७, प्रकाश २२:१२)

ग.    परमेश्वरका स्वर्गदूतहरुले प्रभुका चेलाहरुलाई प्रतिज्ञा गरे कि जसरी उनिहरुले उहाँलाई उचालिनुभएको देखे त्यसरि नै उहाँ फेरि आउनुहुनेछ (हेर्नुस् प्रेरित १:११)

घ.    प्रेरितहरुले प्रभुको पुनर्रागमनको बारेमा शिक्षा दिए । (हेर्नुस् ३:२०–२१, १ थेसलोनिकि ४:१६)

८ (२)  उहाँ कहिले आउनुहुनेछ ?

क.    कसैले पनि त्यो दिन र घडिको बारेमा जान्दैन (मर्कूस १३:३२) तर प्रभु येशु परमेश्वरले चुन्नु भएको समयमा आउनुहुनेछ नजिकै भविष्यमा (हेर्नुस् प्रेरित १७:३१ रोमी २:, १६)

८ (३)  के त्यहाँ चिन्हहरु छन् जसले प्रभु येशुको आगमन नजिकै छ भन्ने जनाउँछ ?

क.    यहुदिहरु एस्रायलको भूमिमा फर्किसकेका छन् र यरुशलेम अहिले जाति जाति र अन्य जातिहरुको अधिनमा छैन । (लूका २१: २४)

ख.    संसारमा अहिले दुःख कष्ट, त्रास र दुष्टता ज्यादै गरि बढेको छ (लूका २१: २५–२७) (मत्ति २४: ३६–४१, तिमोथि ३: –, इजिकिएल ३७ पनि हेर्नुस्)

ग.    सय वर्ष अघि इस्रायल देश थिएन । इस्रायलको भूमि टर्किको उपनिवेश थियो । धेरै अरविहरुले त्यहाँ बसोवास गरे तर केही हजार यहुदिहरु मात्रै त्यहाँ थिए । आज इस्रायल शक्तिशाली राष्ट्र भएको छ र त्यहाँ ३० लाख यहुदिहरु बसोबास गर्दछन् । यसवाट स्पष्ट भएको छ कि परमेश्वरको राज्य नजिकै छ । (हेर्नुस् यर्मिया ३०: ,२१–२४, इजिकिएल ३६: २४–२८,३७:२१–२८)

९.     येशु ख्रिष्ट–भविष्यका राजा

९ (१)  के प्रभु येशु ख्रिष्टले राजा हुन जन्म लिनुभयो ?

क)    हो जन्मदै येशु अगि उहाँले आफु राजा भएको घोषणा गर्नुभयो, जव उहाँ मर्नुहुँदा उहाँको शिरमाथि एउटा शिर्षक थियो “नसरतका येशु, यहुदिहरुका राजा” उहाँ साँच्चै एक दिन राजाहरुका महाराजा हुनुहुनेछ (हेर्नुस् मत्ति २:, यूहन्ना १८:३७, यूहन्ना १९:१९, भजनसंग्रह ७२:११ प्रकाश १९:१६)

९ (२)  कहिले प्रभु येशुले यहुदिहरु माथि शासन गर्नुहुनेछ ?

क)    जब उहाँ फेरि आउनुहुनेछ (हेर्नुस् मत्ति १९:२८, लूका १९:११–१२,१५)

९ (३)  प्रभु यशु ख्रिष्टले कहाँ राज्य गर्नुहुनेछ ?

क)    उहाँ यरुशलममा दाऊदको  सिंहासन माथि बस्नुहुनेछ । (हेर्नुस् लूका १:३२, यशैया ९:–७ मत्ति, :३५, जकटिया ६:१२–१३)

९ (४)  के प्रभु येशुले खालि यहुदिहरु माथि मात्रै शासन गर्नुहुनेछ ?

क)    होइन । इस्रायल उहाँले शासन गर्ने पहिलो राज्य हुनेछ तर उहाँले संसारमा सबै राज्यहरुमाथि शासन गर्नुहुनेछ (हेर्नुस् यमिया २३:–, भजनसंग्रह ७२:, यशैया २:३४, जकरिया १४:९)

१०.    परमेश्वरको राज्य

१० (१) के परमेश्वरको पृथ्वीमा कहिल्यै राज्य रह्यो ?

क.    हो रह्यो । इस्रायलको राज्यलाई परमेश्वरको राज्य भनियो ।जब प्रभु यशु फर्कनुहुनेछ पृथ्वीमा फेरि उहाँले यो इस्रायली राज्यलाई फेरि पुर्नस्थापित वा बसाल्नुहुनेछ, तर आउने यो राज्य    पुरानो इस्रायलि राज्य अथवा धेरै महान्, असल र एकदमै आनन्दमय हुनेछ । (हेर्नुस् १ इतिहास २८:, र इतिहास १३:, इजिकिएल २१:२५–२७, लूका १:३२–३३)

१० (२) परमेश्वरको राज्यमा को जिउनेछन् ?

क.    यदि हामीले परमेश्वरको प्रतिज्ञामाथि विशस गयौं भने प्रभु येशु ख्रिष्टले हामीलाई अविनाशि र     अमर बनाउनु हुनेछ उहाँ फेरि आउनु भएपछि हामीले प्रभुलाई उहााको राज्य चलाउन र    सुद्धतामा पनि मद्दत गर्नेछौं । धेरसै मरणशिल मानिसहरु जो अन्त्यका दिनहरु सम्म सवै   कष्टहरुबाट बाँचेका हुन्छन् उनिहरु पनि परमेश्वरको राज्यमा रहन पाउनेछन् । अमर र    अविनाशि शासकहरुले उनिहरुलाई परमेश्वरका मार्ग सिकाउनेछन् । (मत्ति १९: २७–२९, लूका      १९:१५–१९, प्रकाश ५:१०, प्रकाश २०:, यशैया ६५:२०–२२, जुकरिया १४:१६–१८)

 

१० (३) परमेश्वरको राज्यमा जिवन कस्तो हुनेछ ?

क.       मरणशिल मानिसहरु जो पृथ्वीमा जिवित रहनेछन् उनिहरुले भूमिलाई खनजोत गरि कृषि पेशा गर्नेछन् । अनि तिनीहरुको पेशा रमणिय, आनन्दमय र मािथषित हुनेछ । तिनीहरुले साँचो परमेश्वरको आराधना गर्नेछन् र उहाँका आज्ञाहरुलाई मान्नेछन् । परमेश्वरले उनिहरुलाई आनन्दित तुल्याउनु हुनेछ र उनिहरुका रोगहरु निको पार्नुहुनेछ । लडाइँ, झगडा र घृणा त्यस दिन दूर हुनेछ । धेरै समयपश्चात त्यसपछि फेरि अमर र अविनाशि बनाइनेछन् । (हेर्नुस् यशैया २: ३४, यशैया ११:–, यशैया ३५, भजनसंग्रह ७२, १ कोरिथि १५:२४२८ प्रकाश २०:१२–१८,         २१:४)

१० (४) के परमेश्वरको राज्य अहिले स्थापित भइसकेको छ त ?

क.           प्रभु येशु संसारमा फेरि नर्फकुन्जेलमा अहिलेका संसारका राज्यहरु परमेश्वरका राज्य हुन सक्दैनन्, यसको लागि प्रभु आउनै पर्छ । (हेर्नुस् दानियल २:४४, दानियल ७:२७, प्रकाश ११: १५–१८) तापनि परमेश्वरले मृष्टि र प्रकृति र संसारका गतिविधिमाथि अभैm शासन गर्नुहुन्छ र नजर राख्नुहुन्छ । (हेर्नुस् भजनसंग्रह १०४:१ र दानियल ४:१७)

ख.    विभिन्न युग र समयहरुमा उहाँको राजकिय घरमा आउने राज्यका लागि उहाँले धेरै मानिस र हरुलाई बोलाउनुहन्छ । (हेर्नुस् प्रेरित १५:१४, १ प्रमुख २९, प्रकाश १:६) यस्ता चुनिएका मानिसहरुले परमेश्वरका राज्यको सुसमाचार स्विकार गरी विश्वास गरि,। बचन पालन गरि र बप्तिष्मा लिएर परमेश्वर र प्रभु येशु ख्रिष्टलाई आफ्नो हृदय पवित्र पारि आफ्नो जिवनमा काम गर्न दिनुपर्छ । (हेर्नुस् १ पत्रुस ३:१५) यसकारण प्रभु येशु ख्रिष्ट आउनुपूर्व परमेश्वरको राज्य स्थापना हुने अव तयारी अवस्थामा छ ।

११.    सुसमाचार र प्रतिज्ञाहरु

११ (१) ससमाचार भनेको के हो ?

क.    “सुसमाचार” भन्ने शब्द पुरानो अंग्रेजी शब्द हो, जसको अर्थ हो “खुशिको खबर” यो परमेश्वरको राज्यको खुशिको खबर हो, यसले हामीलाई उहाँको राज्यमा हामीले कसरी मुक्ति पाउँछौं भन्ने शुभ सन्देश दिन्छ । (हेर्नुस् लूका ८:, मर्कूस १: २४, भनि ४:१७ र २३, रोमी १:१६)

११ (२) सुसमाचार प्रचार गर्ने पहिलो व्यक्ति के प्रभु येशु ख्रिष्ट हुनुहुन्थ्यो ?

क.    होइन । सुसमाचार अब्राहमलाई प्रचार गरियो जो प्रभु येशु ख्रिष्ट भन्दा २००० वर्ष अघि रहन्थे ।

ख.    सुसमाचार भनेको “पुर्खाहरुलाई दिएको प्रतिज्ञा” हो (प्रेरित १३: ३२)

११ (३) परमेश्वरले अब्राहमलाई के प्रतिज्ञा गर्नुभयो ?

क.    उहाँले सुसमाचारको असल खबर उनलाई दिनुभयो (गलाति ३ :८)

ख.    उहाँले अब्राहमलाई पिता हुनेछौ र आशिषको स्रोत हुनेछौ भन्नुभयो । (हेर्नुस् उत्पत्ति १२:, १३:१६, १७:,

ग.    उहाँले अब्राहमलाई समस्त राष्ट्रहरु ऊ र उसको सन्तानद्वारा अशिक्षित भनि प्रतिज्ञा गर्नुभयो । (उत्पत्ति १२:, १२:१७–१८)

घ.    उहाँले अब्राहमसँग यो प्रतिज्ञा गर्नु भयो कि भएन के भन्नु उसको पुनस्थापन पछि सधैंको निम्ति उसको उत्तराधिकार दिनेछु (हेर्नुस् उत्पति १३:१४,१७,१५,१७:, प्रेरित ७.५ भर्कूस १२:२६, २७, हिब्रु ११:–, ३९, ४०)

ङ.    उहाँले अब्राहमलाई तिम्रो सन्तान “ख्रिष्ट” ले कनामको भूमि उत्तराधिकार गर्नुहुनेछ र सम्पूर्ण उहाँका शत्रुहरुमाथि राजा भएर राज्य गर्नुहुनेछ भनि प्रतिज्ञा गर्नुभयो । (हेर्नुस् उत्पत्ति १२:, २२:१७, गलाति ३:, १६, २९)

च.    प्रतिज्ञाहरु अब्राहमलाई मात्र नभई उनको छोरा इसहाक र नाति याकूललाई पनि दिईयो (हेर्नुस् उत्पति २६:–, २८:१३–१४)

 

११ (४) परमेश्वरले राजा दाऊदलाई के प्रतिज्ञा गर्नुभयो ?

क.    उसको वंशवाट एकजना सन्तान निस्कुन हुनेछ ।  जसमा बाबु परमेश्वर स्वयं हुनुहुनेछ (हेर्नुस् २ शमूयल ७:१२–१५ १ इतिहास १७: ११–१२)

ख.    दाउदसँग परमेश्वरको प्रतिज्ञा उनकै सन्तान अर्थात ख्रिष्टद्वारा पूरा हुनेछ (प्रेरित २:३०) जसले दाऊदको सिंहासनबाट राज्य गर्नुहुनेछ (भजनसंग्रह ३९:२८,३४,३६, १३२:११)

ग.    ख्रिष्ट एउटा असल र धार्मिक उद्धारकर्ता हुनुहुनेछ (२ शमूयल २३:–५)

१२.    पुर्नरुत्थान, न्याय र अनन्त जीवन

१२–१.  बाईबलमा पुर्नरुत्थान भनेको के हो ?

मरेको मानिस जीवित हुनु, जसरी येशु रव्रीष्ट मृत्युबाट उठ्नुभयो । (प्रकाश १:; कलस्सी १:१८,         प्रेरित २६:२३, १ कोरन्थी १५:२० हेनुहोस्)

 

१२.२.  पुर्नरुत्थान कहाँ हुन्छ ?

जब यशु रव्रीष्ट पृथ्वीमा फर्कनुहुन्छ तब पुनरुत्थान हुन्छ । (१      थेसलिनीकि ४:१६; युहन्ना ५:२८–२९:१ कोरिन्थी १५:२३ हेनुहोस्)

१२.३.  जमिनबाट बाचेको मानिसको न्याय हुन्छ ?

हुन्छ ! हामी सबैजना रव्रीष्टको अगाडि उपस्थित हुनुपर्छ । उहाँले हाम्रो      न्याय गर्नुहुन्छ । उहाँले को अनन्त जीवनको लागि योग्य या अयोग्य छ त्यो निश्चित गर्नुहुन्छ । (रोमी १४:१०; २ कोरन्थी ५:१०, १ पत्रुस ४:;                 दानिएल १२:, प्रकाश २०:११–१५)

१२.४.  के सबै मानिसहरुको पुर्नरुत्थान हुन्छ ? येशु रव्रीष्टले उनीहरुलाई न्यायगर्नुपर्छ ?

यो सबै परमेश्वरको इच्छा हो । परमेश्वरले जसलाई छान्नुहुन्छ त्यसैलाई बिउँताउनु हुन्छ तर बाईबलमा भनिएका छन “धेरै जो सुतिगएका छन् बिउतनेछन्” (दानिएल १२:२) र अरु कतै बिउतनेछैनन् पनि भनिएको छ (यशैया २६:१४; ४३:१७) । यसले यो भन्न सकिन्छ कि जसले आफ्नो जीवनमा परमेश्वरलाई चिनेका छैनन् उनीहरु बिउतनेछैनन् तर सजिलै मर्नेछन् । तर यदि कसैले परमेश्वरलाई चिनेको छ र येशु रव्रीष्टलाई विस्वास गरे तब उसको पुनरुत्थान हुनेछ । (यूहन्ना १२:४८; व्यवस्था १८:१८–१९; मत्ती २५:१४–३०; रोमी २:१२ हेर्नुहोस्)

 

१२.५.  मृत्युबाट जीवित नहुने मासिलाई के हुन्छ ?

ती मानिसहरु कहिल्यै बिउतनेछैनन् र उनीहरु अनन्तका लागि सुत्नेछन् (भजन ४९:२०, हितोपदेश २१:१६, यशैया २६:१४; ४३:१७)।

१२.६.  जीवित मानिसहरुलाई येशु रव्रीष्ट आउनुहुँदा के हुन्छ ?

ती मानिसहरुलाई न्यायको सामना गर्न स्वर्गदुतहरुले भेला गर्नेछन् । जस्तो मृत्युबाट जीवित भई उठेका मानिसहरुलाई गरेका थिए । स्वर्गदूतहरुले सबैतिरबाट हावाको माध्यामबाट जम्मा गर्नेछन्  तर हाम्रो गन्तव्य हावा होइन, न्याय पृथ्वीमा हुन्छ र अनन्त राज्य पनि पृथ्वीमा स्थापित हुनेछ । (१ कोरीन्थी १५:५१; १ थेसलोनिकी ४:१६–१७; मत्ती २५:३१–३२)

१२.७.  येशु रव्रीष्ट छान्नुभएको मासिहरुलाई के हुन्छ ?             

ती मानिसहले अनंन्त जीवन पाउनेछन् जुन राज्य पृथ्वीमा हुनेछ । (दानिएल १२:; मत्ती २५:२०,२१,३४; दानिएल ७:२७; प्रकाश ५:१०; मत्ती ५:५)

 

१२.८.  के बाईबलले विश्वासीहरुलाइई स्वर्ग लगिनेछ भनेर शपथ खाएको छ र ?

छैन, जसरी हामीलाई थाहा भईसक्यो कि बाइबलले विश्वासीहरुलाइई जसले येशु रव्रीष्टलाई विश्वास गर्छन तिनीहरु पृथ्वीमा सधैको लागि बस्नेछन् भनेर शपथ आएको छ । बाईबलले यो पनि भनेको छ कि प्रभु यशु बाहेक काहि पनि स्वर्गमा फर्किगएको छैन (भजन ११५:१६; प्रेरित २:३४; यूहन्ना ३:१३)

 

नोट :  बाईबलमा थोरै पदले हामी विशवासीहरुलाई अनन्त जीवन स्वर्गमा हुन्छ भन्ने पाठ पढाएको छ । तर बाईइबलमा गएको थेरै पदहरुलाई विश्वासीहरुले मान्नुपर्दछ । उदाहरणको लागि, “मेरो पिताको घर” (यूहन्ना १४:२) भनेको स्वर्ग होइन परमेश्वरको घर मन्दिर पनि हो (यूहन्ना २:१६) । सबै मन्दिर हुन्छ र विश्वासीहरु चाहिँ ढुङ्गाको ठूलो घरहरुमा बसेका छन् जुन चाहिँ अहिले पनि बनिदैँछ (पुत्रुस २:५) त्यहिभएर परमेश्वरको घर पृथ्वीमा छ । त्यसैले प्रभु येुले भन्नुहुन्छ (यूहन्ना १४:३), “म चाँडै आउनेछु र तिमीहरुलाई लानेछु ।”

 

 

 

१२.९.  प्रभु येशुले नचुन्नुभएकाहरुको के हुन्छ ?

प्रभु येशुले तिनीहरुलाई दोष देखाउनुहुन्छ उनीहरुले परमेश्वरको राज्य देख्नेछन तर छिर्न पाउनेछैनन् । अन्त्यमा उनीहरु सधैको लागि मर्नेछन् “दोस्रो मृत्यु” प्रकाश २:११ र प्रकाश २०:१४, जहाँबाट उनीहरु जीवित    हनेछैन । (लूका १३:; मत्ती २२:१३, मत्ती २५:४६; भजन १४५:२०)

 

१२.१०. किन बाईबलको पदहरुमा नचुनिएका मासिहरुलाई आगोमा जलाइनेछ भनेर भनिएको छ ?

प्रकाश २०:१४ ले भन्छ आगोमा जलाइनु भनेको दास्रो मृत्यु हो । मानिसहरु फोहोर जलाउन आगो बाल्छन्। बाईबलमा परमेश्वरले आगोद्वारा दृष्टान्तमा बोल्नुभएको छ किनभने जसलाई उहाँले छान्नुभएको छैन त्यसलाई उहाँले मृत्यु दिनुहुनछ । (भजन ३७:२०; सजन ६८:; मत्ती ३:११–१२; २ थेसलोनिकी १:–९)

१३.    पवित्र आत्मा

१३.१.  पवित्र आत्मा भनेको के हो ?

क. “आत्मा” भन्ने शब्दको अर्थ सास अथवा हावा हो । पवित्र आत्मा अथवा परमेश्वरको आत्मा, यी दुई शब्दले शक्तिलाई बुझाउँदछ ।

ख. आत्माद्वारा परमेश्वरले संसार सृष्टि गर्नुभयो । आत्माद्वारा प्रभु येशु जाग्नुभयो । आत्माद्वारा आमवक्ता र प्रेरितहरुले धर्मशास्त्र लेख्नसके । आत्माद्वारा परमेश्वर सबै ठाउँमा हुनुहुन्छ र सबै कुरा उहाँलाईइ थाहा छ ।

आत्माद्वारा परमेश्वरले प्रभुलाई बिताउनुभयो । जब प्रभुको आगमन हुन्छ, आत्माद्वारानै परमेश्वरले हामीलाई पनि बिउँताउनु हुन्छ ।

. यो परमेश्वरको आत्मिक शक्तिलाई पवित्र भनिन्छ जब परमेश्वरले कुनै अद्भुत काम गर्नुहुन्छ । (लूका २४:४९, उत्पति १:,अयुव ३३:४)

घ. नयाँ करारमा धेरै जसो ठाउँमा “आत्मा” भन्ने शब्दलाई औपचारिक रुपमा लेखिएको छ ।

१३.२.  आत्माको वरदानहरु के के हुन् ?

क.    आत्माको वरदान भनेको विशेष शक्ति हो जुन परमेश्वरले उहाँको सेवकहरुलाई दिनुभएको थियो । यी शक्ति पाउन व्यक्तिहरुले परमेशवरको वचन बोल्न र लेख्न सक्थे, र खश्चर्य कामहरु गर्नसक्थे। अगमवाणी गर्ने, रोगीलाई निको पार्ने र विभिन्न भाषाहरु बोल्ने काम आत्माका वरदानहरु हुन् । यी वरदानहरुले मण्डलीको विकाश हुन सहयायेग गर्दथ्यो । दुई तरिकामा यी वरदानहस्ले सुसमाचारलाई विश्वभरि प्रचार हुनमा सहयोग गरेको छ । पहिलो तरिका: विभिन्न भाषाद्वारा धेरै प्रेरितहरुले प्रचार गर्न सके । दोस्रो तरिका : प्रेरितहरुले आश्चर्य काम गरेर सुसमाचार फैलाउन सके । यी वरदानहरुले नयाँ करार लेख्न र मण्डलीहरु स्थापना गर्न पनि सहयोग गरेको छ । (प्रेरित २:–१७ ;यायेएल २:२८–२९, १ कोरिन्थी १२:–११)

ख. पुरानो नियमको समयमा मोशा, यलिया, एलिशा र अरुहरुलाई यस्तै प्रकारको शक्ति परमेश्वरबाट दिइएको थियो । पावल दाजुले सिकाउनुभयो कि एक समयमा यी शक्तिहरु हराउनेछन् । यी आत्माका वरदानहरु त्यति बेला हटाइयो जब नयाँ करार पुरै लेखियो र मण्डलीहरु स्थापना गरियो । त्यसैले गर्दा अहिले यी प्रकारका वरदानहरु हामीमा छैन । तर जब प्रभु पृथ्वीमा आउनुहुन्छ त्यतीबेला उहाँले आफ्ना सेवकहरुलाई ती वरदानहरु दिनुहुनेछ । (भजन १०५:२६–२७, २ राजा २:–१५, हित्रु ६::५)

१३.३.  यो समयमा ती मानिसहरु जसले आशचर्य कामहरु र अन्य भाषहरु बोल्छन् भने हामीले ती मानिसहरुलाइई के भन्न सक्छौँ ?

.           बाइबल हामीलाई स्पष्टसँग भन्छ कि त्यस्ता वचन व्यक्तिहरुले गरेका काम साँचै हो कि हैन भन्दा पनि तिनीहरुले बोलेका वचन सत्य हो कि हैन यो कुरा हामीले ख्याल गर्नुपर्छ । तिनीहरु झुटा छन् भने व्यवस्था १३:३ले भन्छ, यो परमेश्वरबाट पठाइएको परीक्षा हो ।

.        उनीहरुले बोलेका वचन र परमेश्वरले दिनुभएको वचन मेल खान्छ कि खादैन यो कुरा पनि हामीले ध्यान राख्नुपर्छ । किनभने बाइबलमा भएका झुटा अगमवक्ता र जादुगरहरु जसले बहकाउने काम गर्थे त्यस्तै व्यक्ति यीनीहरु पनि हुन सक्छन् ।

.           यी समयमा चंगांइका कार्यक्रमहरु हुन्छन् । तर चंगांइ भएर घर गएका व्यक्तिहरु केहि समयको लागि मात्र निको भएका कुरा आज औषधी गर्ने मानिसहरुले बताएका छन् । यदि तिनीहरुसंग त्यसतै वरदानहरु छन भने किन  पहिलेका प्रेरितहरुले जस्तै मरेकोलाई जिवित पार्न सक्दैनन् ?

 

१३.४.     के अहिलेको समयमा परमेश्वरको पवित्र आत्माले काम गरिरहेको छ ?

.        हो, परमेश्वरको आत्माले सधैँ काम गरिरहन्छ (भजन १३९:–१०) । बाइबलद्वारा परमेश्वरको आत्माले मानिसहरुलाई मुक्ति दिने काम गरिरहने छ । (यूहन्ना ६:६२)

जब परमेश्वरको वचन हामीले विश्वास साथ आफ्नो हृदयमा राख्यौं भने, यसले एउटा छल रहित बिउ जन्म दिन्छ जसबाट हामीले परमेश्वरको आषिश पाउछौँ र हाम्रो नयाँ जन्म हुन्छ बप्तीसमाद्वारा ।(१ पत्रुस १:२३–२५, १ पत्रुस २:–३)

 

 

ख.         यी तरीकाद्वारा हामीले आत्मिकी जीवन जीउन सक्छौँ । हामी परमेश्वर सँग भेट्न सक्छौँ प्रभु येशुबाट उहाँले शक्ति दिनुहुनेछ । हामीलाई कहिले नछोड्ने प्रतिज्ञा उहाँले गर्नु भएको छ ।(ह्रिबु २:१८, हिब्र ४:१६, रोमी ४:२६–२८)

१४.    स्वर्गदुत

१४.१.  स्वर्गदुत के हो ?

स्वर्गदुतहरु परमेश्वरको अमरत्व पाएका समाचारवाहकहरु हुन् । स्वर्गदूतहरुले आब्राहाम, इसाहक र याकुबलाई बचाएका छन् । स्वर्गदूतहरुले सदोममा हुन अ।टेको न्यायको बारेमा धेरै चोटि खबरदार गरेका थिए । स्वर्गदूतले नै मोशालाई परमेश्वरको दश आज्ञा दिएका थिए । स्वर्गदूतहरुले नै येशु स्ब्रीष्ट जन्मिनुभएको खुसीको खबर गोठालाहरुलाई भनेका थिए । आजकाल नदेखिने यी स्वर्गदूतहरु परमेश्वरको सेवा गरिरहेका छन् । स्वर्गदूतहरुले येशु रव्रीष्टलाई न्याय गर्न सहयोग गर्नेछन् ।(लूका २०:३६; भजन १०३:२०; प्रेरित ७:३८; उत्पत्ति १९:;लूका २:; भजन ३४:; मत्ति १८:१०; लूका २२:४३; मत्ति २४:३१; २ थेसलोनिकी १:–१०)

१५.    पाप, शैतान र भूत

१५.१.  पाप भनेको के हो ?

      हामीले परमेशवरलाई मानेनौँ भने हामीले पाप गछौँ ।(१ यूहन्ना ३:४)

१५.२.  हामीलाई के ले पाप गर्न  लगाउँछ ?

हामीलाई पाप गर्न हाम्रो आफ्नै दिमाग र शरीरले लाउँछ । हामी मानिस हौँ र संसारले हामीलाई पाप गर्न लाउँछ । पाउलले भन्छन् “पापको आज्ञा उसको शरीरमा छ ।” कहिलेकाहिँ अरु मानिसहरुले हामीलाई पाप गर्न उक्साउँछन ।(याकूब १:१४–१५; मर्कुस ७:२१–२३; यर्मिया १७:; रोमी ७:१८–२५; । रोमी ५:१२; हितोपदेश १:१०)

१५.३.  भूत भनेको के हो ?

भूत भनेको मानिसको स्वभावको दुष्ट कुरा हो । नफेरिने मानिसको   स्वभावले परमेश्वरलाई खुसी तुल्याएको छैन । परमेश्वरले यो कुरालाई “भूत” भनेर नाम दिनुभएको छ । कमजोर मानिसलाई पनि भूत भनिन्छ ।(यूहन्ना ६:७०; यूहन्ना ८:४४; १ यूहन्ना ३:; प्रकाश २:१०)

 

१५.४.  यदि हामीले हाम्रो नराम्रो इच्छा पूरा गरेर पापमय जीवन बिताउँछ भने के हुन्छ ?

हामी मर्नुपर्छ । त्यति भएर बाईबलले भन्छ कि भूत (मान्छेको स्वभाव) “मृत्यु शक्ति” हो । (रोमी ६:२३; हिबु २:१४)

१५.५.  येशु रव्रीष्टले शैतानलाई के गर्नुपर्छ ?

बाईबलले भन्छ कि जब येशु मर्नुभयो तब भूतको विनाश भयो । यसले सिद्ध गर्छ कि भूत कहिले पनि ठूलो राक्षस हुन सक्दैन जुन आज बाँचिरहेछ ।

ख.          येशु रव्रीष्ष्ट पनि मानिसको शरीरमा जन्मिनुभएको थियो र उहाँले पनि      हामीले जस्तो पाप गर्न सक्नुहुन्थ्यो । यसले थाहा हुन्छ कि येशु रव्रीष्टले पनि आफ्नो स्वभाव (भूत) बाट पर हुन प्रयास गर्नुहुन्थ्यो र “भूत” लाई येशु रव्रीष्टले हराउनुभयो । उहाँले आफ्नो इच्छा र चाहानारुलाई दबाएर राख्नुहुन्थ्यो त्यसैले भूत प्रभु येशु रव्रीष्टबाट हायो । जब येशु रव्रीष्ट मृत्युबाट उठ्नुभयो तब उहाँले अमर हुनुभईसकेको थियो र उहाँलाई अब संसारको कुराले फरक पार्दैन थियो । उहाँको लागि मानिसिक स्वभाव (भूत) मरिसकेको थियो । (हिब्रु २:१४; हिब्रु ४:१५; रोमी ६:–१०; १ यूहान्ना ३:८)

१५.६.  शैतान भनेको के हो ?

शैतान हिब्रु शब्द हो जसको अर्थ “शत्रु” हो । कहिलकाहिँ शैतान ‘शत्रु’    या ‘विरोधी’ या ‘दुश्मान’ या कहिलेकाहिँ यो नाममा प्रयोग हुन्छ । पत्रुसले प्रभु येशुलाई विराध गरेका हुनाले येशुले पत्रुसलाई “मेरो नजरबाट पर जा शैतान” भन्नुभयो ।

मानिसको स्वभाव परमेश्वरको ठूलो शत्रु हो, त्यसैले नयाँ करारमा यो स्वभावलाई शैतान भनिएको छ । कमजोर मानिस वा दुष्ट मानिसलाई पनि शैतान भनिएको छ (प्रेरित ५:३४; १ थेसलोनिकी २:१८; मत्ति १६:२३; १ तिमोथी १:२०)

 

नोट :बाईबलका पदहरुले कहिलेकाहिँ हामीलाई कुराहरको बारेमा ज्ञान दिन्छ तर हाम्रो अध्ययन पढाईजस्तो मात्र भएको कारण हामीलाई थाहा हुँदैन । उदाहरणको लागि “लुसिफर” यशैया ४१:१२ नराम्रो स्वर्गदूत होइन । उनी बेबिलोनको नराम्रो, घमन्डी र पीडा दिने राजा थिए । यी सबै कुरा पढ्नुहोस् ।

 

शुरु गर्नुहोस् ४ पदबाट ।

१६.    राम्रो आत्मा र अशुद्ध आत्मा

१६.१.  नराम्रो आत्मा र अशुद्ध आत्मा भनेको के हो ?

बाईबलमा भनिएको छ, बिरामीमा पर्नु र दिमागी सन्तुलन ठीक नहुनुनै “भूत लाग्नु” या “नराम्रो आत्मा” या “अशुद्ध आत्मा” हो । जब    मानिसहरु यस्तो बिरामीबाट निको भए तब अबुद्ध आत्मा तिनीहरु निक्लि गए । कहिलेकाहिँ “अशुद्ध आत्मा” भनेको नराम्रो सोच पनि हो । (१ शमूएल १६:१४; मत्ती ८:१६–१७; मत्ती १२:२२)

१६.२.  धेरै जसो मान्छेले “भूत प्रेत” नदेखिने कुरा हुन् भनेर विश्वास गर्छन ।       के हामी विश्वासीले पनि यस्तो कुरा विश्वास गर्नुहुन्छ ?

हुँदैन, कुनै मण्डलीहरुले यसैलाई विश्वास गर्छन गर यो साँचो कुरा होइन । बाईबालले हामीलाई यो कुरा सिकाउँदैन । बाईबलले भन्छ परमेश्वर आफ्नो संसारको मालिक हुनुहुन्छ । परमेश्वर येशु र स्वर्गदूत बाहेक कोहि पनि बाचिरहने आत्मा छैन । स्वर्गदूतहरुले परमेश्वर जे गर्नुहुन्छ त्यही गर्छन र उनीहरु पनि कहिले पाप गर्दैनन् र अमर हुन्छन् । हामीले अगि थाहापाईसकेका छौ कि शैतान, भूत, प्रेत बाईबलको दृष्टान्तमा भन्नका लागि मात्र लिएको शब्द हो । यी सबै कुराले हाम्रो पापमय स्वभाव, आत्मिय रोगी हो भन्ने बुझाउँछ जसले गर्दा हामी पापी भएका छौँ । (यशैया ४५:–; यर्मिया १०:; अमोस ३:; मत्ती ६:१०)

१७.    अनन्त जीवनको बाटो

१७.१. म आनन्त जीवन पाएर परमेश्वरको राज्यमा छिर्न चाहन्छु मैले के गर्नुपर्छ ?

क.    बाईबलमा भएको वचनलाई आफ्नो सारा हृदयले विश्वास गर्नुपर्दछ । यो      यति खेरमात्र सम्भव छ जब तपाई सधैँ बाईबल पढ्नुहुन्छ । (तिमोथी ३:१४–१७; भजन ११९:१४७–१५८)

ख.    पश्चात्ताप गर्नुपर्छ । यसको मतलब तपाईले आफ्नो साँचो मनले      पश्चात्तापी हुनुपर्छ । येशू रव्रीष्टद्वारा हामीले परमेश्वरमा प्रथना गर्नुपर्छ । हामीले परमेश्वरलाई अब देखि हामी आफ्नो जीवन राम्रो बनाउँछौ भनेर भन्नुपर्दछ (प्रेरित ३:१९)

     ग.    बप्तिसमा लिनु पर्दछ (प्रेरित २:३८–४२)

घ.    तपाईको बाकि जीवन परमेश्वरलाई सुम्पेर येशु रव्रीष्टले दिनुभएको   आज्ञा पालन गरेर बिताउनुपर्दछ । (रोमी २:७)

१८.    बप्तिस्मा

१८.१.  बप्तिस्मा भनेको के हो ?

बप्तिस्मा भित्र मानिस चुर्लुम्मै पानी भित्र डुबुल्की मारेर निस्किनु पर्दछ । (मत्ती ३:१३–१७; मर्कुस १:–१०; यूहन्ना ३:२३; प्ररित ८:३६–३९)

 

१८.२.  बप्तिस्माको अर्थ के हो ?

 क.   बप्तिस्माले हामीले येशु रव्रीष्ट मर्नुभएको थियो तर उठ्नुभयो र हामीलाई बचाउनुभयो भन्ने थाहा    भयो भनी हामीलाई देखाउन येशु रव्रीष्ट मरेर हामीलाई पनि मृत्युबाट बचाउनभयो र पुरस्थान   दिनुहुन्छ भन्ने जनाउँछ (रोमी ६:–४)।

ख.    बप्तिस्माले हामीलाई हामी पापी हौँ र हामी मर्नेपर्छ भन्ने कुरा सम्झाउँछ । (यदि हामीलाई पानी    मुनि राख्यो भने हामी मरेका हुन्छौँ) । (रोमी ६:–७)

ग.    परमेश्वर दयालु हुनुहुन्छ । त्यसैले उहाँ हामीलाई मृत्युबाट बचाएर पुनरुत्थान दिन चाहनुहुन्छ । बप्तिस्मा एउटा छौटो मृत्यु हो जसमा हामी पानीमुनि जाँदा मर्छौ र फर्किआउँदा पुनरुत्थान हुन्छ ।(कलस्सी २:१२–१३)

घ.    बप्तिस्माले हामीलिाई जसरी पानीले फोहोरलाई धुन्छ, त्यसरीनै परमेश्वरलाई पुज्यौँ भने हाम्रो पाप उहाँले लानुहुन्छ भनेर जानकारी गराउँछ । जब हामी बप्लिस्मा लिन्छौँ, परमेश्वरलाई हाम्रो सबै पापहरु क्षमा गर्नुहुन्छ । त्यसैले हामी येशुको चेला भएर नयाँ जीवनको सुरुवात गछौँ ।(१ पत्रुस ३:२१; प्रेरित २२:१६)

ङ.            बप्तिस्मा हाम्रो लागि एउटा चिन्ह हो कि हामी महान् परमेश्वरको छोराछोरी र आब्राहामका सन्तान हौँ, जो सधैं भरिको येशु रव्रीष्टबाट करार हो। 

१८.३.  बप्तिस्मा लिनै पर्छ ?

हो ! बप्तिस्मा लिनै पर्छ । येशु रव्रीष्टले बप्तिस्मा लिनु भयो । पावलले बप्तिस्मा लिए । प्रभु येशु रव्रीष्टले बप्तिस्मा लिनु पर्छ भनेर आज्ञा दिनु भएपछि सबै मण्डलीले बप्तिस्मा लिएका   थिए । बप्तिस्मा हाम्रो आज्ञाकारिताको प्रतीक हो । हामीले बप्तिस्मा लिनै पर्छ किनभने यो परमेश्वरको आज्ञा हो । (मत्ती ३:१३–१७; प्ररित २२:१३–१६; गलती ३:२७–२९; १ पत्रुस ३:२१)

१५.४.  के हामीले वचन राम्ररी नबुझिकन बप्तिस्मा लिन सक्छौँ ?

हामीले पहिलेनै बप्तिस्मा लिन सक्दैनौँ । हामीले पहिले त वचन बुझ्नु पर्छ र वचनलाई विश्वास गरिसिकेपछि मात्र हामीले बप्तिस्मा लिनु पर्छ (मर्कुस १६:१६; प्रेरित ८:१२)

१८.५.  बाईबलमा कुनै बालकले बप्तिस्मा लिएको भनेर भनेको छ ?

छैन, बालकले सानो उमेरमा विश्वस गर्न सक्दैन । त्यसैले उनीहरुले बप्तिस्मा लिनु हुँदैन ।    (प्रेरित ८:१२, र यो शब्द नोट गर्नुहोस् “जब विश्वास गर्छौ” “दुवै नर र नारी”)

 

१८.६.  मान्छेको टाउकोबाट पानी हालेर वा छर्केर बप्तिस्मा लिनु सहि हो त ?

होइन, येशु रव्रीष्टले आफ्नो चेलाहरुलाई पानीभित्र डुबाएर बप्तिस्मा लिनुभएको कारणले हामीले पनि त्यस्तै गर्नुपर्दछ ।(मत्ती ३:१६; प्रेरित ८:३८–३९)

१९.    विश्वासीको जीवन

१९.१.  हाम्रा सम्पर्क के संग ?

क.   बाईबलमा सम्पर्क भनेको “रोटी तोड्नु” हो (प्रेरित २:४२ । प्रभु येशु रवी्रष्टले हामीलाई भेट्नु, रोटी तोड्नु र दाखमद्य पिउनु भनी आज्ञा गर्नुभएको छ ताकि हामीलाई उहाँले गर्नुभएको त्याग र उहाँ चाँडै फर्कनुहुन्छ भन्ने स्मरण गर्न सकौँ । रोटी प्रभु येशु रव्रीष्टको शरीर हो र दाखमद्य उहाँको रगत हो ।(१ कोरिन्थी ११:२६; यूहन्ना ६:५३–५६)

ख.   जब हामीले बप्तिस्मा लिन्छौँ तब हामीले नयाँ जीवन प्राप्त गर्दछौँ । जन्मेको बच्चालाई जसरी समय समयमा खाना चाहिन्छ त्यसरी नै रोटी तोड्नु पनि एउटा आत्मिीकि खुराक हो भन्ने चिन्ह हो ।

ग.   बप्तिस्मा लिएपछि हाम्रो पुरानो जीवनको पाप धोइयो तर हामी शरीरमा भएका कारण हामी पाप रहित हुँदैन । त्यसैले रोटी तोड्नाले हामी प्रभु येशु रव्रीष्टको त्यागमा सहभागिता हुन्छौँ र हाम्रो पाप फेरिपनि क्षमा हुन्छ ।

घ.   रोटी तोड्नाले हामीलाई हामीले बप्तिस्मा लिँदा खाएको शपथको सम्झना गराउँछ । यो समय हामीले हाम्रो जीवन समर्पण गर्ने समय हो रोटी तोड्नाले येशु रव्रीष्ट चाडै आउनु हुन्छ भन्ने कुराको पनि सम्झना गराउँछ ।

ङ.   यसले हाम्रो विश्वासलाई अझ दह्रो बनाइदिन्छ ।(१ कोरिन्थी ११:२३–२९;मत्ति २६:२६–२८; १ कोरिन्थी १०:१६–१७; प्ररित २:४२,४६)

१९.३.  के हामीले रोटी तोडाई र दाखमद्य पियाई विशेष दिनमा गर्नुपर्छ ?

होइन, रोटी तोडाईको काम साताको साँझमा गरिन्छ । हामीलाई भनिएको छ “प्रायजसो गर”(१ कोरन्थी ११:२६); तर हामीलाई कहिले गर्नुपर्छ या कुन दिन गर्नुपर्छ भनेर भनिएको छैन । पहिलाको चेलाहरुले यो कुरा जहिले पनि साताको पहिलो दिन गर्दथे–आइतबार (प्रेरित २०:७) । अहिले पनि धेरै मानिसहरुको लागि, आइतबार राम्रो र कराार बाधिएको दिन भनेर मान्छन् तर कुनै कुनै देशमा (जस्तै नेपालमा, शनिबार मात्र साताको विदा भएको कारण गरिन्छ) अर्कोदिन गर्दछौँ ।

१९.३.  के विश्वासीहरुले जो कोहिसँग राटी तोड्न सक्छ ?

सक्दैन । रोटी तोड्नु भनेको बपितस्मा जस्तै हो जसले हामीलाई येशु रव्रीष्टको मृत्युको सम्झना गराउँछ । (१ कोरिन्थी ११:२६) अर्को पदहरुमा हामीलाई पाटलले “बप्तिस्मा लिनु भनेको एउटा शरीरमा आत्मा पस्नु हो” भनेर सिकाइएको छ (१ कोरिन्थी १२:१३)। यो पदले हामीलाई सफासँग बुझाइदिन्छ कि रोटी तोड्नु भनेको प्रभुको मृत्यु बुझ्नु र सिक्नु हो र बप्तिस्मा लिएपछि हामी एउटै शरीर हुन्छौँ । हामीले हाम्रो रोटी (येशु रव्रीष्टको शरीर) बप्तिस्मा लिएको मान्छेसँग मात्रै तोड्नुपर्छ ।

 

१९.४.  अरु के के आज्ञाहरु विश्वासीहरुले मान्नु पर्छ ?

नयाँ करारले हामीलाई देखाउँछ कि हामीले छिटै सेवा सुरु गर्नुपर्छ, सुसमाचार सुनाउनु पर्छ र बाइबल अध्ययनका लागि पनि एक आर्कासँग भेट गर्नु पर्दछ ।

१९.५.  के हामीले शबाथ दिन मान्नु पर्छ ?

अहँ, शबाथ दिन मान्नुपर्छ भन्ने आज्ञा दश आज्ञाको चौथो आज्ञा थियो ।अरु नौ आज्ञाहरु सबै नयाँ करारमा मानेका छन् त्यसैले हामीले पनि मान्नुपर्दछ तर येशु रव्रीष्टले कहिले पनि उहाँको चेलाहरुलाई शबाथ दिन पवित्र राख्नुपर्छ भनेर आज्ञा दिनुभएन । मोशाको आज्ञा येशु रव्रीष्टले सच्चाई दिनुभयो जब उहाँ मर्नुभयो । (प्राथना २०:१०; गलती ५:१४; २ कोरन्थी ३:–११; कलस्सी २:१४)  

 

१९.६.  विश्वासीहरुले कति चोटि र कहिले बाईबल पढ्नुपर्छ ?

हरेक दिन बाईबल पढ्नुपर्छ । दाउदले बाईबल जहिले बिहान र बेलुका पढ्थे (भजन ११९:१४७–१४८) । जसले बाईबल पढ्ने सक्दैनन् उनीहरुले आफ्नो बच्चाहरुलाई पढ्नको लागि उत्साहित गराउनु पर्दछ या जसलाई बाईबल पढ्न आउँछ उसको घरमा जानु पर्छ किनभने उनीहरु पढ्न नसके पनि सुन्न सक्छन् ।(प्रेरित १७:११)

 

१९.७.  विश्वारीहरुको जीवन कस्तो हुनुपर्दछ ?

क. विश्वासीहरु साचो बोल्ने, सोझो, शान्त स्वभाव, दयालु हुनुपर्दछ ।(रामी १२:–२१; गलाती ५:२२–२३; सफिसी ४:२०–३२; :–; :–; कलस्सी ३:१२–१८)

     ख.    सफा, स्वच्छ र पवित्र हुनुपर्छ (१ तिमोथी २:२२; गलती ५:१९–२१; १ कोरिन्थी ६:–११)

       – रक्सी धेरैखाने हुनुहुँदैन (१ तिमोथी ३:,:,:२३; एफिसी ४:१८; रोमी १४:२०–२१)

.                           भरपर्दो र मिहिनेती हुनुपर्छ (१ येसलोनिकी ४:११–१२; १ तिमोथी ५:,१३; प्ररित २०:३०–३५; १ कोरन्थी ९:१८)

.            आफ्नो जिब्रोलाई लगाम लगाउनु सक्ने हुनुपर्छ (मत्ती १८:१५; एफिसी ५:१४; याकूब ३:–१२)

 

१९.८.  बाईबलले विश्वासलाई के भन्छ ?

क.  विश्वास भनेको परमेश्वरको शपथ हो , उदाहरणको लागि नोआले परमेश्वरमा विश्वास गरे र बाढि आएर पूरै र्पथ्वीलाई छोप्यो; नोआले जहाज बनाएर परमेशवरमाथि विश्वास देखाए । विश्वास बिनाको मान्छेलाई परमेश्वरमा भरोसा हुँदैन । उसले परमेश्वरले आफ्नो शपथ राख्नुहुन्छ भन्ने कुरालाई विश्वास गर्दैन । त्यस्ता मान्छेको हृदयमा परमेश्वर झुटो बनाइसकेको हुन्छ जसले उसको शपथ राख्नुहुन्छ तर पूरा गर्नुहुन्न ।

ख.    विश्वासीको जीवनमा विश्वास एउटा कामलाग्दो कुरा हो । यदी हामी परमेश्वरले येशु रव्रीष्टलाई फेरि पृथ्वी फर्केर संसारलाई नयाँ तुलाउनु हुन्छ र पवित्र बनाउनु हुन्छ भने हामीले उहाँमाथि आज्ञाकारी हुनुपर्छ र विश्वास गर्नुपर्छ र हाम्रो हृदयलाई सफा पारेर राख्नुपर्छ र सधैँ परमेश्वरको राज्य चाडैँ आओस् भनेर प्राथना गर्नुपर्छ । विश्वास नगरीकन हामी विश्वासी हुँदैनौँ ।(हिब्रु ११:–; याकूब २:२१–२६;गलाती ३:–; १ यूहन्ना ५:१०; एफिसी २:८)

 

१९.९.  विश्वासीले कहिले प्राथना गर्नुपर्छ ?

अँ, हामीले जहिले प्रार्थना गर्नुपर्छ भन्ने परमेश्वर चाहनुहुन्छ । येशुले मानिसहरुलाई दृष्टान्तमा सिकाउनु भएको छ कि “जहिले पनि प्रार्थना गर्नुपर्छ”। जो विश्वसीले प्राथना गर्दैन उ परमेश्वरबाट सम्पर्क विहिन हुँदै जान्छ । कहिलेकाहिँ प्रभु येशुले पनि रातभर प्राथना गरेर विताउनु हुन्थ्यो । प्राथना विश्वासी जीवनको एकदमै महत्वपूर्ण कुरा हो ।

प्रभु हाम्रो प्रधान पूजाहारी हो । हामीले प्रभुद्वारा परमेश्वरलाई प्राथना गर्छौ ।(लूका १८:; मत्ती ६:–१३; लूका ६:१२; याकूब ५:१६; हिब्रु १०:१९–२२; रोमी १२:१२; प्रेरित २:४२; प्रकाश ५:८)

 

१९.१०. के विश्वासीले नराम्रो मान्छेसँग झगडा गर्नुहुन्छ ?

अहँ, हुँदैन । येशु रव्रीष्टलाई पनि नराम्रो मान्छेहरुले घेरेका थिए, जसले येशुलाइ पछि मारे । तर प्रभुले कसैलाई पनि हानि गर्नुभएन त्यसैले हामीले पनि कसैलाई हानि गर्नुहुँदैन ।(लूका ९:५४–५६; मत्ति २६:५१–५२; मत्ती १०:१६; मत्ती ५:३८–४८; रोमी १२:१८–२१; २ तिमोथी २:२४)

 

१९.११. विश्वासी आफ्नो देशको नियमप्रति कस्तो विचार हुनुपर्छ ?

क.           विश्वासीले जहिले पनी आफ्नो देशको नियमलाई आदर र सम्मान गर्नुर्छ किनभने “त्यो नियमहरु पनि परमेश्वरले नै निकाल्नुभएको हो” (रोमी १३:–५) विश्वासी असल, दयालु, नियम पालना गर्ने, करहरु तिर्ने

ख.         कहिलेकाहिँ सरकारद्वारा यस्तो कानुन पनि पारित हुन्छ जुन परमेश्वरको विपरित      हुन्छ ।(उदाहरणका लागि मुर्तिपुजा या सेनामा भर्तिहुनु) यस्तो बेलामा “हामीले परमेश्वरको आज्ञालाई मान्नुपर्छ” (प्रेरित ५:२९)

        ग.    विश्वासीले आफ्नो दाजुभाईहरुलाई नियम लगाउनुहुँदैन ।(१ कोरिन्थी ६:१८)

 

१९.१२. के  विश्वासीले राजनितिमा सहभागी भएर आफ्नो देशलाई राम्रो बनाउन सक्छ ?

क.    अँह । येशु रव्रीष्टले पनि शरीरमा हुँदा कहिलेपनि उहाँको देशको राजनीतिमा सहभागी हुनुभएन । उहाँले कुर्सी र शक्तिलाई इन्कार गनुृभयो । येशू रव्रीष्टलाई थाहा थियो कि उहाँको राज्य यस संसारमा होइन र उहाँको प्रथम काम वचन प्रचार गर्ने थियो । विश्वासीले आफूलाई राजनीतिबाट टाढा हुनुपर्दछ ।

ख.     कहिलेकाहिँ सरकारले विश्वासीहरुले गर्नु नहुने काम गराउँछन् । उदाहरणका लागि युद्धमा जानु या झगडा गर्नु । जति सक्दो विश्वासीले आफूलाई त्यस्ता हिंसात्मक कामबाट टाढा राख्नुपर्छ र आफ्नो सारा शक्क्तिले वचन प्रचार गर्न, जसलाई काम पर्छ सहायता दिनुपर्दछ । यो उदाहरण हामीलाई प्रभुले पनि दिनुभएको छ। (यूहन्ना ६:१५; लूका १२:१४; यूहन्ना १८:३६; रतिमोथी २:४)

 

१९.१३. के विश्वासीले भोट दिएर अरुलाई शासक बनाइदिन सहयोग गर्नु हुन्छ ?

हुँदैन । भोट दिनु भनेको त्यो मान्छे राजनीतिमा चाख लाउनु हो । विश्वासीले परमेश्वरको आज्ञा र नियमलाई मान्नुपर्छ र परमेश्रले त्यहि मान्छेलाइई बुद्धि दिनुहुन्छ (दानिएल ४:२५; हितोपदेश २१:; १ तिमोथी २:,२)

१९.१४. के विश्वासीले नगर्नु हुने कुनै काम छ ?

क.           , विश्वासीले अरुलाई मार्ने या हमला गर्ने काम गर्नुहुन्न ।(जस्तै सैनिक) विश्वासीले कुनैपनि काम गर्नुहुन्न । विश्वासीले कसैलाई पनि शपथ खानु हुँदैन  शपथ खानु भनेको वफदार हुनु हो र हामी प्रभु माथि मात्र वफदार हुनुपर्छ ।

ख.    विश्वासीले झगड गर्ने सैनिकमा भर्ति हुने र कडा दाखमद्य खानु हुँदैन किनभने यो विश्वासीले गर्नेँ काम होइन ।(१ तिमोथी ५:२२; १ थेसलिनीकी ५:२२)

१९.१५. के बाइबलले विवाहको बारेमा केहि कुरा भन्छ ?

क.    भन्नुपर्दा त विवाह रव्रीष्टसँग मात्रै हुनुपर्छ (१ कोरन्थी ७:३९)

ख.         पति र पत्नी एकअर्कासँग साचो हुनुपर्छ र दयालु हुनुपर्छ जसरी येशु रव्रीष्ट मण्डलीसँग साचो हुनुहुन्छ (१ कोरन्थी ११:; १४:३४–३५; एफसी ५:२२–३३; कलस्सी ३:१८–१९; १ तिमोथी २:–१५)

ग.    बच्चाहरुलाई खुसी राख्नुपर्छ र परमेश्वरको बारेमा सानै देखि सिकाउनु पर्छ (२ कोरन्थी ७:१४; एफिसी ६:–; कलस्सी ३:२०–२१; १ तिमोथी ५:४)

घ.    विश्वासीहरुले विवाह विच्छेद गर्नुाहुँदैन । यदि बुढा बा बुढी विश्वासी नभए पनि विवाह विच्छेद गर्नुहुँदैन ।  (२ कोरन्थी ७:१०–१३)