पुनरुत्थान

Punarut'thāna
( Resurrection )

 

परिचय   ( Introduction )

मृत्यु पछि पनि जीवन हुन्छ भन्ने कुरा प्राय ः सबै धर्मले सिकाएको पाईन्छ । मृत्यु भईसकेपछि पनि फेरी कुनै व्यक्तिको रुपमा वा अन्य कुनै रुपमा जीवीत रहन सकिन्छ भन्ने कुरामा धेरै मानिसहरु विश्वास गर्दछन् । उनीहरुको भनाईमा त्यो नयाँ जीवन चाँही कुनै आत्मा हुन्छ या कुनै जनावरको रुपमा रहन्छ । यो शिर्षकमा हामीले “पुनरुत्थान मृत्युपछि जीवन” को बारेमा बाइबलले सिकाएको सत्य शिक्षको बारेमा बिचार गर्नेछौँ । साँचो ख्रीष्टीयनका लागी पुनरुत्थान ज्यादै महत्वपूर्ण छ । पुनरुत्थानको आशा बिना अहिले पनि हाम्रो हृदयमा आनन्द हुन सक्दैन र अनन्त जीवन पनि पाउन सक्दैनौँ ।

 

पुनरुत्थान किन अति महत्वपूर्ण छ ?  ( Why is resurrection so important? )

बाइबलले हामीलाई शिक्षा दिन्छ कि मृत्यु जीवनको अन्त हो । मृत्युपछि पनि जिउने कुनै आत्मा छैन । हामी मृत्युपछि कुनै स्वरुप वा जनावरमा पनि परिवर्तन हुदैनौँ, मृत्युपछि कुनै अवतार लिन्छौँ भनेर बाईबलले सिकाएको छैन ।

परमेश्वरले पहिलो पुरुष र स्त्री बनाउनु भयो जसको नाम आदम र हव्वा थियो । ति पुरुष र स्त्री आफुलाई बनाउनु हुने परमेश्वर प्रति आज्ञाकारी हुनु तिनीहरुको कर्तव्य थियो । तर आदम र हव्वाले परमेश्वरले भनेको मानेनन् र उहाँको बिरुद्ध पाप गरे । त्यसकारण परमेश्वरले तिनीहरुलाई दण्ड दिनु भयो जो मृत्यु हो । त्यसरी हरेक मानव जाती जन्मेपछि मर्नु पर्नै भयो (उत्पत्ती ३ः९–१९) । मृत्यु पापको ज्याला हो । हामी सबै आद्मबाट पापी भयौँ । हामी सबैले मृत्यू भोग्नु पर्ने भयो (रोमी ५ः१२) । मृत्यु पछिको पुनरुत्थानद्धारा मनिस सदाको लागी जिउन सक्छ । केवल परमेश्वरले मात्र यो गर्न संभव छ । मानव जातीले आफूलाई मृत्युबाट बचाउँन सक्दैन ।  

 

परमेश्वरले मात्र मानिसलाई मृत्युपछि पुनरुत्थान गराउन सक्नु हुन्छ  ( Only God can resurrect men after death )

सुरुमा परमेश्वरले उहाँको ठुलो शक्तिले पृथ्वीमा भएका हरेक जीवीत कुराहरु बनाउनु भयो । ति मध्ये केबल मानिसलाई मात्र मृत्युपछि पनि जिउन सक्ने बनाउनु भयो । परमेश्वरले आफ्नो केही शक्ति भविष्यबक्ताहरु र उहाँको पुत्र येशु ख्रीष्टलाई पनि दिनु भयो । त्यसैले उनीहरुले मानिसलाई मृत्युपछि पुनरुत्थान गराए । यसको बारेमा बाईबलमा केही उदाहरणहरु हेरौँ ।

परमेश्वरका जन भविष्यवक्ता एलीयाले एउटा मरेको केटालाई ब्युँताए  (१ राजा १७ः७–८ र १ राजा १७ः१७–२४) एलीया र केटाकी आमाले जाने कि त्यो आश्चर्य कर्म परमेश्वरको शक्तिद्धारा भएको थियो । अरु केही पुनरुत्थान सम्बन्धि उदाहरण बाईबलको निम्न खण्डहरुमा पाईन्छ, लुका ७ः११–१६, युहन्ना ११ः३३–४४ र प्रेरीत ९ः४० ।

यि उदाहरणहरुमा जो मानिसहरुको पुनरुत्थान भएको थियो पछि मृत्यु भएको छ । आश्चर्य कर्म गर्नेहरुले परमेश्वरको शक्ति देखाए किनकी तिनीहरुका नातेदार जो दुःखी थिए उनीहरु प्रति तिनीहरुलाई दया लाग्यो । उदाहरणको लागी (लुका ७ः२२–१३, युहन्ना ११ः३२–३६ र युहन्ना ११ः३८–४४) । त्यसकारण पुरुष र स्त्रीलाई मृत्युबाट पुनरुत्थान गराएर सदाको लागी जीवीत राख्ने परमेश्वरको योजना छ ।

 

विश्वासीहरुलाई मृत्युबाट बचाउने परमेश्वरको योजना   ( God’s plan to save believers from death )

हामीले सिकेका छौँ कि हामी सबै पापी छौँ मर्नु पर्छ । परमेश्वर धार्मिक हुनुहुन्छ हामीलाई पनि धर्मी बनाउन चाहनु हुन्छ तर हाम्रो पापले गर्दा हामीले उहाँलाई बेखुशी तुल्यायौँ । हामीले आफूलाई पापरहित र धर्मी बनाउन सक्दैनौँ किनभने हामी कमजोर छौँ । निश्चय हामी आफूलाई हाम्रो पाप र मृत्युबाट बचाउन सक्दैनौँ । हामीलाई परमेश्व्रको सहायता चाहिन्छ, हामी बाचौँ भनेर उहाँले हामीलाई सहायता गर्नुहुन्छ । परमेश्वरको मुक्तिको योजना स्वरुप हामी निम्न कुरा प्राप्त गर्न सक्छौँ ।

) हाम्रा पापको क्षमा र परमेश्वरसंग शान्ती

) अनन्त जीवन

यो योजना परमेश्वरको पुत्र येशू ख्रीष्टद्धारा प्रभावकारी बनाईएको छ ।

 

येशू ख्रीष्ट  ( Jesus Christ )

आज भन्दा २,००० वर्ष पहिले परमेश्वरले आफ्नो शक्ति आत्माद्धारा एउटा बालक जन्मोस भनेर कन्या मरियमलाई चुन्नु भयो । जुन बालक येशू परमेश्वरको पुर र मरियमको छोरा भनिनु भयो । साधारण मानिस झैँ तिस वर्षको उमेर सम्म येशू ईज्रायलमा बस्नु भयो । त्यसपछि उहाँले तिन वर्ष सम्म परमेश्वरको सन्देश मानिसहरुलाई प्रचार गर्नु भयो । उहाँले मानिसहरुलाई आफ्ना पापको पश्चाताप गर्न, विश्वासयोग्य भई परमेश्वर प्रति आज्ञाकारी हुन र आउनेवाला परमेश्वरको राज्य पर्खन भन्नु भयो (मर्कुस १ः१४–१५) । तर ईज्राएलका मनिसहरुले येशू र उहाँले दिनु भएको शिक्षालाई तिरस्कार गरे (मर्कुस ६ः१–) तिनीहरुले आफ्ना पापको पश्चाताप गरेनन् । अझ धर्म गुरुहरुले झन खरावी गे  येशू धर्मी हुनुहुन्थ्यो तापनी तिनीहरुले उहाँलाई घृणा गरे उहाँलाई मार्ने उपाय रचे (लुका २०ः१९–२०, मर्कुस ११ः१५–१८) । यहुदी नेताहरु येशूलाई पन्तियस पिलातस जो रोमी शासक थिए ईज्राएल माथि शासन गर्थे तिनकहाँ ल्याउन सफल भए । तिनले येशूलाई मृत्युको लागी क्रुसमा टाँग्न भने, यसरी येशूलाई बाँधेर क्रुसमा टाँग्नलाई यशूलाई शहर बाहिर निकालियो (मर्कुस १५ः९–१५, २० र २५–३२) । येशूलाई चिहानको नजिकै गाडीयो तर यो येशूको अन्त भएको थिएन ।

 

येशू ख्रीष्टको पुनरुत्थान  ( The resurrection of Jesus Christ )

तेस्रो दिनमा केही आईमाईहरु उहाँको शरिरमा घस्न सुगन्धित मसला लिएर चिहानमा गए । तर उनीहरुले येशुको शरिर पाएनन । येशू मृत्युबाट पुनरुत्थान भई सक्नु भयो (मर्कुस १६ः१–) यो अचम्मको खबरले उहाँलाई पछ्याउनेहरु आनन्दले भरिए । त्यसपछि तुरुन्तै वडो उत्साहित भएर परमेश्वरले आफ्नो योजना येशू ख्रीष्टलाई पुनरुत्थान गराएर सबै विश्वासीका लागी मुक्तिदाता हुन पुरा गर्नु भयो भनेर तिनीहरुले प्रचार गरे (प्रेरीत ४ः८–१२, मर्कुस १६ः१९–२०) । पुरा गर्नु भयो भनेर तिनीहरुले प्रचार गरे (प्रेरीत ४ः––१२, मर्कुस १६ः१९–२०)

फेरी केही हप्ता पछि येशू ख्रीष्टलाई परमेश्वरले जिउँदै पृथ्वीबाट स्वर्गमा आफु संग उचाल्नु भयो । येशू ख्रीष्ट आफ्ना पितासंग हुनुहुन्छ र प्रार्थन ागर्नु हुन्छ त्यसैले विश्वास गर्नेहरुको पाप क्षमा हुन्छ । त्यसैले विश्वासीहरुका लागी यो निश्चयता छ कि तिनीहरु मरेपछि परमेश्वरले पुनरुत्थान गराउनु हुन्छ र आफ्नो राज्यमा सदाको लागी राख्नु हुन्छ    (हिब्रु ९ः२४–२८)

 

जब येशू ख्रीष्ट पृथ्वीमा आउनु हुन्छ तब के हुन्छ ?  ( What happens when Jesus Christ comes to the earth? )

जब येशू प्रभु पृथ्वीमा आउनु हुन्छ, परमेश्वरको सन्देश सुनका जतिलाई उहाँले पुनरुत्थान गराउनु हुनेछ । तिनीहरु सबै येशू ख्रीष्टद्धारा हुने ईन्साफको लागी उठाईने छन् । जनमानिसहरु परमेश्वर प्रति आज्ञाकारी भएनन् तिनीहरु बहिष्कृत भएर मृत्यूमा जानेछन् । तर जनमानीहरु परमेश्वर प्रति विश्वासयोग्य र आज्ञाकारी भए तिनीहरुलाई शान्ती दिईने छ र परमेश्वरको राज्यमा सदाको लागी राखीने छ (यहुन्ना ५ः२८–२९)

मृत्युबाट पुनरुत्थान र अनन्त हुनेमा येशू ख्रीष्ट पहिलो हुनुहुन्छ (१ कोरन्थी २५ः२०–२३) । येशू अहिले कुनै पनि पापमा परेर परिक्षित हुन सक्नु हुन्न । विश्वासीहरु पनि जब पुनरुत्थान हुनेछ कुनै त्यस्तो पापमा परिक्षित हुनु पर्ने छैन । परमेश्वरले तिनीहरुलाई पुनरुत्थानमा परिवर्तन गर्नु हुनेछ र तिनीहरु पनि असल मानिस, येशू ख्रीष्ट जस्तै हुनेछन् (१ कोरन्थी २५ः४९–५७) । केही विश्वासीहरु येशूको आगमन हुँदा पनि जीवित रहनेछन् । तिनीहरुका लागी के हुन्छ त ? तिनीहरु मृत्युबाट पुनरुत्थान हुनु पर्दैैन तर तिनीहरु परमेश्वरद्धारा परिवर्तन गरिने छन् । त्यसरी तिनीहरु पाप रहित र अनन्त रहने छन् (१ थेसलोनिकी ४ १३ः१८)

 

हाम्रो उत्तर के हुन्छ ?  ( What is our answer? )

के हामी पनि पापरहित र अनन्त बन्न चाहान्छौँ ? के हामी येशू ख्रीष्टसंग रहेर परमेश्वरको सेवा उहाँको त्यो नयाँ राज्यमा गर्न चाहान्राज्यमा गर्न चाहान्छौँ ? त्यो राज्य पृथ्वीमा हुनेछ र शान्तीको राज्य भनिनेछ । त्यहाँ बस्ने सबैलाई न्याय, आनन्द हुनेछ ।

परमेश्वरले दिनु हुने अचम्मको बरदानको लागी हामी उत्तरदायी बस्नु पर्छ । हामीले आफ्नो पापको पश्चाताप गर्नु पर्छ । येशू ख्रीष्टद्धारा दिएको परमेश्वरको राज्यको सन्देशमा विश्वास गर्नु पर्छ । पापको क्षमा पाउनको लागी येशू ख्रीष्टमा बप्तिस्मा लिनु पर्छ र पृथ्वीमा आफ्नो राज्य स्थापना गर्न आउनु हुने प्रभु येशू ख्रीष्टलाई पर्खनु पर्छ । (प्रेरीत ३ः१७–२१)

 

 

 

बढि जानकारीको लागी

जि.पि..    , काठमाडौं, नेपाल

For more information

Nepal Christadelphians

PO Box 20651 Kathmandu
PO Box 21531 Kathmandu