पुरानो नियमको इतिहास 
Nepal Christadelphians : Old Testament history / Purānō Niyamakō itihāsa

 

आदिमा  - In the Beginning

परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नु भयो (उत्पत्ती १)

 

ईसापूर्व ४००० - 4000BC

उहाँले पहिलो मानव जाती सृष्टि गर्नुभयो –आदम र हव्वा (उत्पत्ती २ः१–७) । आदम र हव्वाले पाप गरे । यही पाप मृत्युको रुपमा सारा मानिसमा प्रवेश ग₯यो (उत्पत्ती ३, १ कोरन्थी १५ः२१–२२) ।

पहिलो पाप पछि संसार धेरै विग्रदै गयो (उत्पत्ती ६ः१–६)

परमेश्वरले पापमय संसारलाई ठुलो जल प्रलयद्धारा सजाय दिनु भयो   (उत्पत्ती ६) ।

परमेश्वरको आज्ञा अनुसार नुह जो धार्मिक मानिस थिए । उनीमात्र एउटा डुंगा बनाएर त्यो जल प्रलयबाट बाँचे (उत्पत्ती ७ १–९)

-

ईसापूर्व २००० - 2000BC

अब्राहाम जसले परमेश्वरमा विश्वास गर्थे उनी परमेश्वरबाट उहाँले चुन्नु भएका यहुदी जातीका पिता हुन छानीएका थिए । अब्राहामलाई येशू ख्रीष्टको बारेमा विशेष प्रतिज्ञा पनि दिएको थियो । अब्राहामको छोराको नाम इसहाक थियो । इसहाकको छोराको नाम याकुब थियो । याकुब जसका बाह्र छोरा थिए जसले ईज्रायल (यहुदी) का बाह्र कुलको प्रतिनिधित्व गर्दछन् । तिनीहरुको आफ्नो देश ईज्रायलमा अनिकाल परेपछि उनीहरु मिश्रमा गए ।

 

ईसापूर्व २५०० – 2500 BC

ईज्रायलीहरु मिश्रको राजा फिरौनको दासहरु बने (प्रस्थान २ः८–१४) ।

परमेश्वरले ईज्रायलीहरु जहाँ दास बनेर बसेका थिए । मिश्रबाट तिनीहरुलाई बाहिर ल्याउन र प्रतिज्ञाको मुलुकमा पु₯याउन मोशालाई छान्नु भयो (प्रस्थान ३ः४–१०) ।

परमेश्वरले दश वटा डरलाग्दा विपत्ती ल्याएपछि मात्र फिरौनले ईज्रायलीलाई मिश्रबाट बाहीर जान दियो (प्रस्थान ११) ।

परमेश्वरले सिनै पर्वतको उजाड स्थानमा मोशालाई दश आज्ञाहरु र थुप्रै नियमहरु ईज्रायलीका लागी दिनु भयो (प्रस्थान १९ ः१–८ र २०ः१–१७) ।

परमेश्वरले माशालाई विशेष पाल टाँग्नु भन्नु भयो जहाँ ईज्रायलीहरुका वीचमा परमेश्वर रहनु हुन्थ्यो । परोश्वरले ईज्रायलीका पुजारी हुन हारुन र उनका छोराहरु छान्नु भयो । ईज्रायलीहरु धेरै पल्ट परमेश्वर प्रति आज्ञाकारी भएर परमेश्वर प्रति आफ्नो प्रतिज्ञा तोडे (व्यवस्था ३१ः२४–२९) ।

मोशाको मृत्यु प्रतिज्ञाको मुलुक भन्दा बाहीर भयो । परमेश्वरले अर्काे अगुवा यहोशुलाई चुन्नु भयो । ईज्रायली सेनाले त्यो मुलुकमा बस्नेहरुलाई जिते (व्यवस्था ३१ः१–६)

यहोशू पछि मानिसहरु फेरी अविश्वासी भए अनि परमेश्वरले ईज्रायली लाई तिनका शत्रुका हातमा सुम्पि दिनु भयो (न्यायकर्ता २ः६–१५) । जब ईज्रायलीले पश्चाताप गरे र आज्ञाकारी भए परमेश्वरले तिनीहरुका नेताको रुपमा न्यायकर्ताहरु दिनु भयो । जसले ति शत्रुहरुलाई हराए    (न्यायकर्ता २ः१६–१९)

 

ईसापूर्व १००० - 1000BC

शमुएल अन्तिम न्यायकर्ता थिए । उनले ईज्रायलीलाई परमेश्वर प्रति आज्ञाकारी हुन उत्साह दिए । मानिसहरुले हामीलाई राजा दिनुहोस भनेर परमेश्वर संग भने । शावल पहिलो राजा बने, उनले खराब काम गरेकोले परमेश्वरले हटाउनु भयो । दाउर अर्काे राजा बने, उनले परमेश्वरलाई प्रेम गर्थै र आज्ञाकारी बने । यसकारण परमेश्वरले दाऊदको बंशबाट नै उनको सिंहासनमा राज्य गर्न यरुशलेमलाई सदाको लागी स्थिर गर्नु भयो । यो परमेश्वरको पुत्र येशरु ख्रीष्टमा भविष्य चाँडै पुरा हुनेछ (१ ईतिहस १७ः११–१५, लुका १ः३०–३५) । दाऊदका छोरा सुलेमानले ईज्रायलमा राम्रो संग राज्य गरे तर पछि उनी परमेश्वर प्रति अविश्वासी बने, त्यसकारण परमेश्वरले उनको राज्य सिंगो रहन दिनु भएन । 

ज्ञ।     यहुदाको राज्य जहाँ ईज्रायलका दुई कुलले राज्य गरे ।

द्द।      ईज्रायलको राज्य – जहाँ ईज्रायलका दश कुलले राज्य गरे ।

दुवै राज्यका मानिसहरु र राजाहरु परमेश्वर प्रति आज्ञाकारी भए त्यसकारण यसैया, यर्मिया भविष्यवक्तालाई तिनीहरुलाई सजायको बारेमा चेतावनी दिन पठाउनु भयो । तिनीहरुले त्यहाँँका मानिसहरुलाई तिनीहरुका पापबाट पश्चाताप गर्न र परमेश्वरको भविष्यवाणीको सन्देश विशस गर्न उत्साह गरे (२ ईतिहास ३६ः१५–१६ र राजा १७ः१९–२३) ।

ईज्रायलका मानिसहरुले परमेश्वर र सन्देशवाहक प्रति आज्ञाकारी भएनन् उहाँँको सन्देशलाई पनि ईन्कार गरे त्यसकारण परमेश्वरको सजाय ईज्रायल र यहुदा माथी प₯यो ।

-

ईसापूर्व ७०० - 700BC

इज्रायलका मानिसहरुलाई अश्शुरका राजाले जितेर कैद्मा लगे (२ राजा १७ः१–८) ।

 

ईसापूर्व ६०० - 600 BC

यहुदाका मानिसहरुलाई बेबीलोनीले जितेर कैदमा लगे (२ राजा २५ः१–१२) । यसरी सत्तरी वर्षको कैद पछि यहुदाका मानिसहरु बाबेलको कैदबाट तिनीहरुको आफ्नै देशमा फर्के र इज्रायलको मन्दिर र पर्खालहरु पुनः निर्माण गरे ।

 

ईसापूर्व ५५०–४५० – 550-450BC

एज्रा र नेहेम्याहको पुस्तकमा यो समयको ईतिहासको वर्णन गरिएको  छ । उज्रा नेहेम्याह पछि मानिहरु फेरी परमेश्वर प्रति अविश्वासी भए । परमेश्वरले तिनिहरु आफ्ना पापवाट पश्चाताप गरुन् भनेर मलाकी भन्ने भविष्यवक्तालाई चेतावनी दिन पठाउनु भयो । मलाकी पछि चार सय वर्ष सम्म अर्थात बप्तिस्मा दिने युहनाको समय सम्म कुनै भविष्यवक्ता दिनु भएन । यहुन्नाले यहुदा र ईज्रायलमा उनको प्रचारको काम गर्न सुरु गरे । उनले

 

 

बढि जानकारीको लागी

जि.पि.ओ.    , काठमाडौं, नेपाल

For more information

Nepal Christadelphians

PO Box 20651 Kathmandu
PO Box 21531 Kathmandu