पुरानो नियमको इतिहास 
Nepal Christadelphians : Old Testament history / Purānō Niyamakō itihāsa

 

आदिमा  - In the Beginning

परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नु भयो (उत्पत्ती १)

 

ईसापूर्व ४००० - 4000BC

उहाँले पहिलो मानव जाती सृष्टि गर्नुभयो –आदम र हव्वा (उत्पत्ती २ः१–) । आदम र हव्वाले पाप गरे । यही पाप मृत्युको रुपमा सारा मानिसमा प्रवेश गयो (उत्पत्ती ३, १ कोरन्थी १५ः२१–२२)

पहिलो पाप पछि संसार धेरै विग्रदै गयो (उत्पत्ती ६ः१–)

परमेश्वरले पापमय संसारलाई ठुलो जल प्रलयद्धारा सजाय दिनु भयो   (उत्पत्ती ६)

परमेश्वरको आज्ञा अनुसार नुह जो धार्मिक मानिस थिए । उनीमात्र एउटा डुंगा बनाएर त्यो जल प्रलयबाट बाँचे (उत्पत्ती ७ १–)

-

ईसापूर्व २००० - 2000BC

अब्राहाम जसले परमेश्वरमा विश्वास गर्थे उनी परमेश्वरबाट उहाँले चुन्नु भएका यहुदी जातीका पिता हुन छानीएका थिए । अब्राहामलाई येशू ख्रीष्टको बारेमा विशेष प्रतिज्ञा पनि दिएको थियो । अब्राहामको छोराको नाम इसहाक थियो । इसहाकको छोराको नाम याकुब थियो । याकुब जसका बाह्र छोरा थिए जसले ईज्रायल (यहुदी) का बाह्र कुलको प्रतिनिधित्व गर्दछन् । तिनीहरुको आफ्नो देश ईज्रायलमा अनिकाल परेपछि उनीहरु मिश्रमा गए ।

 

ईसापूर्व २५०० – 2500 BC

ईज्रायलीहरु मिश्रको राजा फिरौनको दासहरु बने (प्रस्थान २ः८–१४)

परमेश्वरले ईज्रायलीहरु जहाँ दास बनेर बसेका थिए । मिश्रबाट तिनीहरुलाई बाहिर ल्याउन र प्रतिज्ञाको मुलुकमा पुयाउन मोशालाई छान्नु भयो (प्रस्थान ३ः४–१०)

परमेश्वरले दश वटा डरलाग्दा विपत्ती ल्याएपछि मात्र फिरौनले ईज्रायलीलाई मिश्रबाट बाहीर जान दियो (प्रस्थान ११)

परमेश्वरले सिनै पर्वतको उजाड स्थानमा मोशालाई दश आज्ञाहरु र थुप्रै नियमहरु ईज्रायलीका लागी दिनु भयो (प्रस्थान १९ ः१–८ र २०ः१–१७)

परमेश्वरले माशालाई विशेष पाल टाँग्नु भन्नु भयो जहाँ ईज्रायलीहरुका वीचमा परमेश्वर रहनु हुन्थ्यो । परोश्वरले ईज्रायलीका पुजारी हुन हारुन र उनका छोराहरु छान्नु भयो । ईज्रायलीहरु धेरै पल्ट परमेश्वर प्रति आज्ञाकारी भएर परमेश्वर प्रति आफ्नो प्रतिज्ञा तोडे (व्यवस्था ३१ः२४–२९)

मोशाको मृत्यु प्रतिज्ञाको मुलुक भन्दा बाहीर भयो । परमेश्वरले अर्काे अगुवा यहोशुलाई चुन्नु भयो । ईज्रायली सेनाले त्यो मुलुकमा बस्नेहरुलाई जिते (व्यवस्था ३१ः१–)

यहोशू पछि मानिसहरु फेरी अविश्वासी भए अनि परमेश्वरले ईज्रायली लाई तिनका शत्रुका हातमा सुम्पि दिनु भयो (न्यायकर्ता २ः६–१५) । जब ईज्रायलीले पश्चाताप गरे र आज्ञाकारी भए परमेश्वरले तिनीहरुका नेताको रुपमा न्यायकर्ताहरु दिनु भयो । जसले ति शत्रुहरुलाई हराए    (न्यायकर्ता २ः१६–१९)

 

ईसापूर्व १००० - 1000BC

शमुएल अन्तिम न्यायकर्ता थिए । उनले ईज्रायलीलाई परमेश्वर प्रति आज्ञाकारी हुन उत्साह दिए । मानिसहरुले हामीलाई राजा दिनुहोस भनेर परमेश्वर संग भने । शावल पहिलो राजा बने, उनले खराब काम गरेकोले परमेश्वरले हटाउनु भयो । दाउर अर्काे राजा बने, उनले परमेश्वरलाई प्रेम गर्थै र आज्ञाकारी बने । यसकारण परमेश्वरले दाऊदको बंशबाट नै उनको सिंहासनमा राज्य गर्न यरुशलेमलाई सदाको लागी स्थिर गर्नु भयो । यो परमेश्वरको पुत्र येशरु ख्रीष्टमा भविष्य चाँडै पुरा हुनेछ (१ ईतिहस १७ः११–१५, लुका १ः३०–३५) । दाऊदका छोरा सुलेमानले ईज्रायलमा राम्रो संग राज्य गरे तर पछि उनी परमेश्वर प्रति अविश्वासी बने, त्यसकारण परमेश्वरले उनको राज्य सिंगो रहन दिनु भएन । 

ज्ञ।     यहुदाको राज्य जहाँ ईज्रायलका दुई कुलले राज्य गरे ।

द्द।      ईज्रायलको राज्य – जहाँ ईज्रायलका दश कुलले राज्य गरे ।

दुवै राज्यका मानिसहरु र राजाहरु परमेश्वर प्रति आज्ञाकारी भए त्यसकारण यसैया, यर्मिया भविष्यवक्तालाई तिनीहरुलाई सजायको बारेमा चेतावनी दिन पठाउनु भयो । तिनीहरुले त्यहाँँका मानिसहरुलाई तिनीहरुका पापबाट पश्चाताप गर्न र परमेश्वरको भविष्यवाणीको सन्देश विशस गर्न उत्साह गरे (२ ईतिहास ३६ः१५–१६ र राजा १७ः१९–२३)

ईज्रायलका मानिसहरुले परमेश्वर र सन्देशवाहक प्रति आज्ञाकारी भएनन् उहाँँको सन्देशलाई पनि ईन्कार गरे त्यसकारण परमेश्वरको सजाय ईज्रायल र यहुदा माथी पयो ।

-

ईसापूर्व ७०० - 700BC

इज्रायलका मानिसहरुलाई अश्शुरका राजाले जितेर कैद्मा लगे (२ राजा १७ः१–)

 

ईसापूर्व ६०० - 600 BC

यहुदाका मानिसहरुलाई बेबीलोनीले जितेर कैदमा लगे (२ राजा २५ः१–१२) । यसरी सत्तरी वर्षको कैद पछि यहुदाका मानिसहरु बाबेलको कैदबाट तिनीहरुको आफ्नै देशमा फर्के र इज्रायलको मन्दिर र पर्खालहरु पुनः निर्माण गरे ।

 

ईसापूर्व ५५०–४५० – 550-450BC

एज्रा र नेहेम्याहको पुस्तकमा यो समयको ईतिहासको वर्णन गरिएको  छ । उज्रा नेहेम्याह पछि मानिहरु फेरी परमेश्वर प्रति अविश्वासी भए । परमेश्वरले तिनिहरु आफ्ना पापवाट पश्चाताप गरुन् भनेर मलाकी भन्ने भविष्यवक्तालाई चेतावनी दिन पठाउनु भयो । मलाकी पछि चार सय वर्ष सम्म अर्थात बप्तिस्मा दिने युहनाको समय सम्म कुनै भविष्यवक्ता दिनु भएन । यहुन्नाले यहुदा र ईज्रायलमा उनको प्रचारको काम गर्न सुरु गरे । उनले

 

 

बढि जानकारीको लागी

जि.पि..    , काठमाडौं, नेपाल

For more information

Nepal Christadelphians

PO Box 20651 Kathmandu
PO Box 21531 Kathmandu