खुशीको खबर
Nepal Christadelphians : Good News / Khusīkō khabara

 

सत्य परमेश्वर एउटै मात्र हुनुहुन्छ । सारा संसारलाई शान्ती र धार्मिकतामा ल्याउने उहाँको अचम्मको योजना छ । उहाँले यो योजना पुरा गर्न संसारका सबै थोक चलाउन सक्नु हुन्छ ।

पे्ररित १७ः२४–३१

बाइबल परमेश्वरले हामीलाई दिनु भएको सन्देश हो । बाइबलमा हामी परमेश्वरको बारेमा र उहाँले दिनु भएको सन्देशको बारेममा पढ्छौँ । यसबाट हामी परमेश्वरले हाम्रो पापको क्षमा गरेर हामीलाई अनन्त मृत्यूबाट बचाउनु भयो भन्नेकुरा थाहा पाउन सक्छौँ ।

२ तिमोथी ३ः१६,१७

येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ । उहाँ पवित्र आत्माकोे शक्तिबाट कन्या मरियमद्धारा जन्मनु भयो । येशू पाप रहित हुनुहुन्थ्यो तापनि दुष्टमानिसहरुले उहाँलाई मारे, फेरी परमेश्वरले उहाँँलाई तेस्रो दिनमा ब्यूँताउनु भयो र येशू स्वर्गमा उक्लि जानुभयो । उहाँ हाम्रो अनन्त मुक्तिदाता हुनुहुन्छ ।

लुका १ः३१–३५, प्रेरीत ३ः१३–१८, फिलीप्पी २ः५–११

येशू मेरो लागी मर्नु भयो भनेर उहाँको बचनमा आज्ञाकारी भई उहाँलाई विश्वास गरे हामी मृत्युबाट बचाईनेछौँ । हामीले आफ्नो पापको पश्चाताप गरेर बप्तिस्मा लियौँ भने परमेश्वरले हामीलाई क्षमा दिनु हुनेछ । त्यसो नगरे हामी सदाको लागी मर्नेछौँ ।

यहुन्ना ३ः१६–१८, रोमी ५ः६–११

यदि हामीले परमेश्वरको बचनमा विश्वास गरेर येशुलाई पछ्यायौँ भने उहाँले हामीलाई मृत्युबाट ब्यूँताउनु हुनेछ र सदा हामी उहाँसंग रहने छौँ । येशू स्वर्गबाट पृथ्वीमा परमेश्वरको राज्यमा शासन गर्न फर्कनु हुनेछ, तब हाम्रो पुनरुत्थान हुनेछ ।

१ कोरन्थी १५ः२०–२६, १ थिस्सलोनिकी ४ः१३–१७, प्रेरीत १ः११

मानिसहरुको दुष्टताको कारण संसारमा थुप्रै समस्याहरु छन् । आज पनि धेरै मानिसहरु लडाँई, झगडा, अपराध र भ्रष्टाचारले सताईएका छन् ।

रोमी ८१८–२३

जब येशू पृथ्वीमा आउनु हुनेछ र येरुशलेममा राज्य गर्नु हुनेछ, उहाँले संसारका यि समस्याको समाधान गर्नु हुनेछ, हरेक जसले येशुलाई स्वीकार गरेको छ उनीहरुलाई सदा शान्ती र आनन्द हुनेछ ।

प्रकाश ११ः१५–१८

केवल परमेश्वरले मात्र संसारका यि समस्याको समाधान र सबै दुःख बाट छुटकारा दिन सक्नु हुन्छ । बाइबलले हामीलाई यो उहाँले कसरी गर्नु हुने अचम्मको आनन्दको अनुभव गर्न होशीयारी भई लगातार उहाँँको बचन पढ्नु पर्छ ।

प्रेरीत १७ः१०–१२

 

 

बढि जानकारीको लागी

जि.पि..    , काठमाडौं, नेपाल

For more information

Nepal Christadelphians

PO Box 20651 Kathmandu
PO Box 21531 Kathmandu