मृत्यु - पछि के हुन्छ ?

Mr̥tyu - Pachi huncha?
Death - What happens next?

 

हामी किन मछौँ ? Why are we mortal?

हामी सबै किन मछौँ भन्ने कुरा बाईबलमा व्याख्या गरिएको छ । उत्पत्तिको पुस्तकमा हामीले पढ्यौँ परमेश्वरले पहिलो मानिस आदम र स्त्री हब्बालाई बनाउनु भयो । उनीहरुले परमेश्वरको आज्ञाको उलंघन गरे । त्यसकारण मानिसहरु मर्नु पर्छ, किनभने परमेश्वरले पापको सट्टामा दिनु भएको दण्ड नै मृत्यु हो (उत्पत्ति २ः१५–१७, ३ः१–७ र ३ः१७–१९) । आदम मरे (उत्पत्ति ५ः४) । मान्छे मरेपछि माटो हुन्छ चाहे माटोमुनि गाडीन्छ आगो लगाएर पोलौँ भने त्यो खनी हुन्छ । बाईबलमा कही पनि लेखेको छैन । मान्छेको मृत्यु पछि प्राण चाँही शरीरलाई छोडेर अलग्गै अर्को ठाउँमा बस्न जान्छ भनेर ।

हामी पनि आदम जस्तै हौँ र मछौँ, हामी सबै पापी भएको कारणबाट मर्नै पर्छ (रोमी ५ः१९, ६ः२३) । बुद्धधर्मावलम्बीहरुले, हिन्दुहरुले र अरुहरुले मृत्यु पछि मानिसको पुरै जीवनको अन्त हो भन्ने कुराको विश्वास गर्दैनन् । उनीहरु मान्छे मरेपछि अर्काे जुनी लिएर बाच्ँछन् भन्ने विश्वास गर्दछन धेरै अरु क्रिश्टियनहरुले मान्छे मरे पछि उस्को आत्मा स्वर्ग जान्छ भन्ने विश्वास गर्दछन् ।

 

मृत्यु भए पछि के हुन्छ ? What happens after death?

भजन संग्रहको पुस्तक १४६ अध्यायले परमेश्वरको अनन्त शक्ति र मानिसको दुर्वलताको बारेमा फरक देखाउँदछ । तर परमेश्वर जस्तो त होईन हरेक मानिस मर्छ र उसलाई त्यसको केही सम्झना हुँदैन । तिनीहरु पुरै किसिमले मर्दछन् (भजन संग्रह १४६ः३–) । तर जो विश्वासी छ त्यो मरेपछि के हुन्छ ?

दाऊदले परमेश्वरमा विश्वास गरे र आज्ञाकारी भए र परमेश्वर द्धारा उनी परमेश्वरका जन ईज्रायलमाथी राज्य गर्नलाई चुनिए उनी असल व्यक्ति भएर पनि अन्तमा मरे (प्रेरित २ः२९–३५) । उनले अर्काे जुनी पनि पाएनन् तथा उसको आत्मा सधैँका लागी जीवितै पनि रहेन ।

 

यदि हरके विश्वासी मर्दछन् भने तब कसरी उनीहरुलाई फाईदा छ ? Is someone is a believer, how do they benefit?

हिब्रुको पुस्तक ११ अध्यायमा हामी ति मानिसहरुको बारेमा पढ्छौँ जसले परमेश्वरमा विश्वास राखे उनीहरुलाई परमेश्वरले उहाँ द्धारा ईनाम दिने प्रतिज्ञा गर्नु भएको थियो । (हिब्रु ११ः६) अब्राहम हाम्रा लागी एक असल उदाहरण हुनु भएको छ जसले परमेश्वरमा विश्वास राखे    (हिब्रु ११ः८–१२ र १७–१९) । यद्यपि उनी तथा अरु विश्वासीहरुले उनीहरुको जीवनकालमा ईनाम पाएनन् । (हिब्रु ११ः१३–१६ र ३९–४०) । तिनीहरुले प्रतिज्ञाको ईनाम (अनन्त जीबनको ईनाम) त्यतिखेर मात्र पाउनेछन् जब प्रभु येशू मसीह यस पृथ्वीमा आउनु हुनेछ तब उनीहरुको पुनरुत्थान हुनेछन् । 

 

नरक Naraka - hell

नरक भन्ने शब्द केही अंग्रेजी बाईबलहरुमा प्रयोग गरिएको छ । यो शब्द हिब्रु शब्द शियोल् ९क्जभय०ि र ग्रीक शब्द हेडिस् ९ज्बमभक० वास्तविक भनेर अनुवाद गरिएको छ । यि दुबै शब्दहरुको अर्थ एउटा छिपेको ठाउँ र चिहान, जहाँ मरेको मानिसको शरीर (गाडिन्छ)    राखिन्छ । कहिले काँही यो शब्दले मृत्यु भन्ने पनि बताउँछ । भजन संग्रह ११६ः३ पदले पनि यसरि देखाउँछ ।

          मृत्युका पासोहरुले मलाई घेरेका थिए,

          र पातालको पीडाले मलाई फेला पारेका थियो ।

          दुःख शोक मैले भोग्नुपरेको थियो । 

यो पंक्तिहरुमा हिब्रुका लेखकले पनि यो दुई पंक्तिलाई (एकै) उस्तै अर्थ लगाएका छन् । चिहान शब्द (शियोल अथवा नरक) र दोस्रो पंक्तिमा उस्तै अर्थ, अथवा मृत्यु भनेर पहिलो पंक्तिमा भनिएको छ । प्रभु येशू पनि नरकमा जानु भयो जब उहाँ क्रमस मारिनु भयो । उहाँको शरीरलाई चिहानमा राखिएको थियो । तर तेस्रो दिनमा परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नु भएको थियो (प्रेरित २ः२४–२८)

 

नरकको आगो  Hell fire

यो चाँहि नयाँ ग्रीक शब्द गेहन्ना बाट अनुवादन गरिएको हो । यो गेहन्ना यरुशलेम शहरको उपत्यका बाहिर जहाँ फोहोर मैला फ्याँकिने र सधै आगो बलि रहने ठाउँ थियो । प्रभु येशूको समयमा मृत्युले पूरापूरी नाशको संकेत गराउँछ भन्ने कुरा देखाउन येशूले गेहन्ना शब्दको प्रयोग गर्नु भएको हामी देख्दछौँ (मत्ति १८ः७–) । येशूको समयका मानिसहरुले गेहन्ना शब्द को अर्थ सधैँको लागी मृत्यु भन्ने सम्झेका थिए, नकि सधैँको लागी दण्ड । परमेश्वरले त्यस किसिमको सधैँको लागी दण्ड दिनु हुन्न किनभने परमेश्वर दयालु, अनुग्रही हुनुहुन्छ उहाँँ निर्दयी हुनुहुन्न ।

 

सारांस Summary

हामी हाम्रो पापले गर्दा मछौँ । जब हामी मछौँ हामी पूरापूरी मछौँ । सधैँ बाँचीरहने आमरत्व हामी भित्र छैन । जब येशू ख्रीष्ट यस पृथ्वीमा फर्कनु हुनेछ, परमेश्वरले हामीलाई मृत्यु बाट सदाको लागी जीवित पार्नु हुनेछ, यदि हामीले उहाँको आज्ञा पालन गरेर प्रभु येशूमा विश्वास गरेर जिउँछौँ भने ।

 

 

बढि जानकारीको लागी

जि.पि..५२४३, काठमाडौं, नेपाल  - out of date

For more information

GPO5243, Kathmandu, Nepal – out of date

 

PO Box 20651 Kathmandu
PO Box 21531 Kathmandu